arrow

घुस सहित सव इन्जिनियर पक्राउ

logo
प्रकाशित २०७२ पुष २० सोमबार
CIAA,-Nepal.JPG.jpeg
जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास सम्पर्क कार्यालयबाट खटि गएको टोलीले घुसको रकमसहित  सवइन्जिनियरलाई धनुषाको महेन्द्रनगर नगरपालिकाबाट पक्राउ गरेको छ । 
 
आयोगको टोलीले गौशाला नगरपालिकाका सवइन्जिनियर सत्रुधनप्रसाद साहलाई विभिन्न सडक निर्माणमा ठेकेदारसँग रकम लिने गरेको सुराकी आधारमा अख्तियारले छापामारेर साहलाई पक्राउ गरेको हो । 
 
सो नगरपालिकाको विभिन्न सडकमा ठेकेदारसँग काम गरेबापत रकम घुस माग्ने गरेको अवस्थामा धनुषामहेन्द्रनगर नगरपालिकाको हनुमान मन्दिर नजिकबाट करिब साढे चार लाख नगदसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
 
अख्तियारले साहलाई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ