arrow

पर्यटन मन्त्रीले भने -दोलखामा चलचित्र नगरी बन्नेमा ढुक्क हुनुस्

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Aananda-Pokhrel-650x250.jpg.jpeg
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको लाँकुरीडाँडा गाविसको डाङ्डुगेमै चलचित्र नगरी बन्ने ढुक्क हुन सबैलाइ आग्रह गरेका छ । 
 
चलचित्र नगरी निर्माण सहयोग र दोलखाली पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले चलचित्र नगरीका निर्माणका लागि आवश्यक पूर्वाधारसमेत तय भइसकेको हुनाले दोलखामै चलचित्र नगरी बन्ने विश्वास दिलाउनुभयो । मन्त्री पोखरेलका अनुसार दुई लेनको करिब सात किमी सडक, बिजुली, खानेपानी र गुरुयोजना निर्माण गर्ने तयारी भइरहेको र गुरुयोजनाका लागि रु करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । 
 
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौलागार्इंले सबै सामाजिक, भौतिक र जैविक पक्षको उपयोगिताको अध्ययन गरेर चलचित्र नगरी निर्माण गर्न सुरु गरिसकिएकाले दोलखामै चलचित्र नगरी बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो । सांसद पार्वत गुरुङले चलचित्र नगरी दोलखमा बन्ने पक्का भएकाले एकताबद्ध भएर त्यसको निर्माणमा लाग्नुपर्नेमा जोड दिए । कलाकार मदनदास श्रेष्ठले डाङ्डुगेमा चलचित्र नगरी निर्माणका चलचित्र विकास बोर्डले पनि रकम छुट्याउनुपर्ने माग गरे । 
 
दोलखाको सो स्थानमा चलचित्र नगरी निर्माणका लागि वातावरणीय दृष्टिकोणले पनि उपयुक्त देखिएको छ । वातारणविज्ञ आरती खड्गीले सो क्षेत्रको वातावरणीय पक्षको अध्ययन गर्दा सो क्षेत्रको उपयुक्त रहेको पाइएको छ । चलचित्र नगरी निर्माण गर्ने जमिनको भूभाग ८० प्रतिशत खाली, बस्तीविहीन, ठुल्ठुला रुख नभएकाले रुख कटानीको क्षति पनि नहुने भएकाले सामाजिक, भौतिक र जैविक पक्षबाट अध्ययन गर्दा चलचित्र नगरीका लागि सो क्षेत्र उपयुक्त रहेको अध्ययनले देखाएको छ । 
 
कलाकारद्वय भुवन चन्द र लक्ष्मी गिरीले पनि बस्ती सार्न नपर्ने र पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्र चलचित्र नगरीका लागि उपयुक्त छ भन्नुभयो । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मका सम्पूर्ण कार्य सो क्षेत्रमा हुँदा पर्यटन व्यवसायका लागि होटल, वनभोज स्थान, चट्टान आरोहण जस्ता व्यवसायका लागि उपयोगी देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ