सरकारले दण्डहीनतालाई प्रश्रय दिएको वामदेव गौतमको आरोप
प्रकाशित २०७४ असार ९ शुक्रबार
381
Shares
गुलरिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी नेपाल राजपा विदेशीको इसारामा चलेको आरोप लगाएका छन् ।
एमालेले यहाँ आयोजना गरेको कार्यक्रममा उनले राजपालाई जनतामा आधारित पार्टी नभएको बताउँदै जनधार गुमाइसकेकाले निर्वाचनमा पराजित हुने डरले राजपा निर्वाचनमा नगएको जिकिर गरे ।
वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाउँदै उनले कानुनतः १६–१७ प्रकारका मुद्दा फिर्ता लिन नमिल्ने भए पनि सरकारले फौजदारी अभियोग लागेका व्यक्तिको मुद्दा धमाधम फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको टिप्पणी गरे । रासस