arrow

आठराईमा कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै

केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७४ असार १० शनिबार
terathum-congress.jpg.jpeg

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको संयुक्त आमसभा हुँदैछ । 

आसन्न स्थानीय चुनावमा आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर संयुक्त उम्मेदवारी दिएका छन् । विहान ११ बजेबाट सुरु हुने भनिएको आमसभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, कांग्रेस नेता जगदीशनरसिंह केसी, कांग्रेस नेता तुलसी सुब्बा, गणेश विमली, कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुशील कन्दङ्वा, रघु गौतम, चिन्तन बराल लगायत नेताहरुका साथै अध्यक्ष पदका उम्मेद्वार नारायणकुमार ईङनाम र उपाध्यक्ष पदका उम्मेदवार रमिला खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा गठबन्धन कायम भएपछि दुवै दलका उम्मेदवारहरुले गठबन्धनको जित सुनिश्चित भएको दावी गर्दै आएका छन् । 

यसअघिको स्थानीय चुनावमा एमालेले यहाँका अधिकांश गाविस जितेको थियो । अब एमालेलाई पराजित गरी कांग्रेस–माओवादी गठबन्धनले नयाँ इतिहास रच्ने स्थानियहरुको आँकलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ