arrow

हातीबाट खोला तर्ने रौनियार, दुहबीको मेयरका उम्मेदवार

logo
प्रकाशित २०७४ असार १० शनिबार
Gauri_shankar_rauniyar.jpg

सुनसरी ।  झट्ट हेर्दा सामान्य लाग्ने र चाहिदो कुरा बोल्ने सुनसरी दुहवी वडा नं. ५ का गौरीशंकर रौनियारको समाजमा पुर्‍याएको योगदान त प्रेरणदायी छ । उनी राजनीतिक रुपमा पनि उत्तिकै सक्रिय छन् । अचेल राजनीतिक रुपमा बहुबालीको हाबी भएको बेला उनलाई देख्ने, बुझने जो सुकैलाई पनि राजनीति गर्न उर्जा मिल्छ । स्नातक तह पुरा गरेका उनी स्कुल पढ्दादेखि नै राजनीतिकमा सक्रिय तिनै रौनियार असार १४ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेस दुहवी नगरपालिकाको मेयरका उम्मेदवार हुन् ।

चुनाबी एजेन्डा
पाँच दसकअघि बिराटनगरका व्यापारी सुनसरी दुहवी बजारमा आएर उत्पादित कृषि सामान खरीद  गर्थे । विशेषगरी, त्यतिबेला बढीमात्रमा किसानले जुट लगाउँने भएकाले गर्दा व्यापारी साइकलमा आएर खरीद गर्थे, अनि बयलगाडीमा लान्थे । बर्खामा मोरङ्बाट सिमा पार गरी सुनसरी आउँन खोलामा त्यतिबेला पुल नहुदाँ व्यापारी र रौनियार  हातीमा २५ पैसा तिरेर तर्थे । व्यापारीसँगै वारिपारि गर्ने सवैले २५ पैसा तिरेर हातीमार्फत खोला तर्थे  । त्यतिबेला नाम चलेको दुहवी बजारलाई अहिले आएर खाधान्न गाह्रो परेको छ । दुहवी नगरपालिका क्षेत्र गाउँ नै गाउँले भरिएको  छ। त्यसैले गर्दा दुहवीलाई किसानले उत्पादन गरेको उत्पादित सामग्रीको कारोकार गर्ने स्थलको रुपमा विकास गर्ने मुख्य एजेन्डा रहेको मेयरका उम्मेदवार गौरीशंकर रौनियार बताउँछन् । अहिले दुहवी औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको छ । तर, जिल्लाका अन्य शहरको तुलनामा बिकासका आधारमा सुस्त छ ।

दुहवीमा जुट, सावुन, बिस्कुट, चामल, तेल, ध्यू, मासु लगायतका पाँच दर्जन बढी उद्योग छन् । अरु थप उद्योग खुल्ने क्रममा छन् । उद्योग प्रसस्त खुलेर आसपासका बासीन्दाले रोजगार भने पाएका छन् । जसले गर्दा पनि दुहवीलाई आर्थिक हरेक हिसाबमा आर्थिक कारोबार गर्ने स्थल बनाउन सकिने रौनियारको तर्क छ । उनका अनुसार, दुहवीलाई वाइफाई जोन, नगरपालिकाका कर्मचारीलाई प्रोत्साहन गदैं भएका कमीकमजोरी समाधान गर्ने, खेलकुद, गरीव तथा विपन्न परिवारका छोराछोरीलाई पठनपाठनका निम्ति मन्टेश्वरी शिक्षा प्रदान गर्ने एजेन्डा रहेको उनले सुनाए ।

दुहवीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युतको थप विका गर्ने एजेन्डा रहेको छ । स्वास्थ्यकै क्षेत्रमा गरीव तथा विपन्न परिवारलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइने पनि एजेन्डा रहेको छ। शिक्षालाई सुधार गर्नका निम्ति सामुदायिक विद्यालयका हप्तामा दुई दिन समय मिलाएर अनुगमन गरि त्यसमा छलफल गरि गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावकसँग छलफल गरिने जनाइयो ।

दुहवीमो ढल–निकासको समस्या छ । यो समस्या समाधानका गर्ने पनि एजेन्डा रहेको छ। २०३० सालताका पूर्वमा सवैभन्दा बढी खेलकुद गतिविधी दुहवीमा हुने गथ्र्यो ।  भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जेलिङ, कोलकता, थिम्पु, कटिहारका लगायतका खेलाडी प्रतिष्पर्धाका लागि सहभागी हुने गर्थे । तर, पछिल्लो समय दुहवीमा खेलकुदका गतिविधी बिरलैमात्रमा हुने गरेका छन् । काँग्रेसले प्रत्येक वडामा खेलकुदका गतिविधी गर्ने चुनाबी एजेन्डामै समेटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ