arrow

राहुले नै हो प्रेम सम्बन्ध छुटाउने, यसरी सुरु हुन्छ प्रेम सम्बन्धमा खटपट

logo
प्रकाशित २०७४ असार १० शनिबार
love_devorce.jpg

 काठमाडौं । तपाईको प्रेम छुट्यो ? यदि यस्तो समस्या छ भने तपाईले जतिराम्रो व्यवहार गर्दापनि प्रेम सम्बन्ध छुटेको छ भने मान्नुस् कि तपाईको कुण्डलीमा केही न केही खोट छ । जन्मको स्पष्ट मिति मिलाएर राम्रो ज्योतिषीले बनाएको तपाईको कुण्डलीले तपाईको प्रेम छुटाएको कारण स्पष्ट बतादिन सक्छ । यसरी प्रोम छुटाउनेमा सबैभन्दा नराम्रो भूमिका हुन्छ राहुको । 

राहु ९ ग्रह मध्येको एक हो । जुन तपाईको कुण्डलीमा शत्रुस्थानमा बसेको खण्डमा तपाईले नचाहँदानचाहँदै पनि प्रेम छुट्ने गर्दछ । प्रेम प्रकरणको लागि शुक्र आफ्नै घरमा हुनु आवश्यक रहेको छ । कुण्डलीको १२ भाव बलियो हुने या त १२ भावमा शुक्रको सम्बन्ध बलियो भएको खण्डमा प्रेम सम्बन्ध सुदृढ हुने गर्दछ । त्यस्तै, शुक्रको पाँचौं भाव पनि बलियो भयो भने पनि प्रेम सम्बन्ध सुमधुर हुन्छ । तर राहुको एउटै शक्तिले पनि यी सबै शक्तिलाई नष्ट गरिदिन सक्छ । 

ज्योतिष शास्त्रका अनुसार राहु यस्तो प्रेम सम्बन्धको लागि घातक हुन्छ कि जसले समाजसँग लुकेर सम्बन्ध गाँसेका हुन्छन् । राहुले आफ्नो शक्तिमार्फत् झूटलाई पनि यस्तो बनाईदिन्छ कि त्यो साँच्चिकै सत्य नै हो । त्यसैले राहुले सच्चा प्रेमको लागि होइन कि देखावटी प्रेमलाई पनि साँच्चिकै जस्तो बनाईदिन महत्वपूर्ण भूमिका खेल्दछ । राहुले मान्छेलाई झूट बोल्न सिकाउँछ । बचनलाई बदल्न सिकाउँछ साथै मानिसलाई आफूप्रति विश्वास दिलाउन सिकाउँछ । यस्तो कला राहु बाहेक अरु कुनैपनि ग्रहले दिन सक्दैन । 

राहु एकतर्फी प्रेमको यस्तो रुप हो कि जसमा कुनै व्यक्ति कहिलैपनि मायाले आफ्नो छेउ आउँदैन । बरु चुपचाप टाढैबाट सबैकुरा नियालिरहेको हुन्छ । किनभने उनीहरुभित्रको ग्रहगोचरको स्थिती अनुकस्ल वा बलवान हुन सक्दैन । राहुको धर्म नै यस्तो हो कि उसले कुनै पनि कुरालाई राम्रो या नराम्रो पहिचान गर्न दिँदैन । केवल आफ्नो स्वार्थ मात्रै देखाईदिन्छ । मासु तथा मदिराको सेवन, खराव आदत, चञ्चलता तथा बढी रिस उठाउने काम राहुले गर्छ । तर, यी सबैको पर्दाफास गर्ने काम भने केतुले गरिरहेको हुन्छ । जब राहुको यो शक्तिशाली समय सकिन्छ र केतुको शक्ति बढ्नथाल्छ त्यसपछि उसको असलियत पर्दाफास हुन्छ र प्रेम सम्बन्ध टुट्छ ।


यसरी राहुले बनाईदिएको वातावरण हनुकूल केतुले सम्बन्धमा दरारता ल्याउने गर्छ । केतु नै हो जसले सम्बन्धमा दरार उत्पन्न गराउँछ । कुनैपनि दुविधा गराउने काम राहुले गर्दछ । कुनैपनि व्यक्तिले घटाउने अप्रत्याशित घटनाको कारक पनि राहु नै हो । यदि कुनैपनि मान्छे नराम्रो काम गर्दा पनि आफूले राम्रै गरिरहेको भान उसमा विकास हुन्छ भने त्यो काम राहुले नै गरिरहेको बुझे हुन्छ । यस्तो काम गर्ने राहु नै हो । 

त्यस्तै, कसैलाई धोखा दिने प्रवृत्तिको पैदा गराउने काम पनि राहुले नै गर्नेगरेको छ । कसरी भने यदि तपाईको कुण्डलीमा रहेको भाग्यको स्थान बारबार निर्वल स्थिती पैदा बईरहेको छ भने तपाईको प्रेम सम्बन्ध छुट्ने सम्भावना बढी रहन्छ । यस्तो स्थिती पैदा भएको छ भने तपाई राहुको उपचारतिर लागिहाले हुन्छ । यस्तो स्थितीमा तपाईले राहुको उपचार गर्नुभएन भने तपाईले जे कुरा बोल्नु हुन्छ । तपाईकी प्रेमिकाले त्यसको ठीक उल्टो बुझ्निे सम्भावना बढी हुन्छ । जसरी तपाईले आफ्नो मनभित्र जे कुरालाई गुप्त कुरा भनेर सम्झिनुभएको छ । त्यहि भाव तपाईले बोलिरहेको मान्छेकपो अन्तर्मनले थाहा पाउने बनाईदिन्छ राहुले । त्यसैले तपाईसँग सम्बन्ध लामो समय जान सक्दैन या त तपाईप्रति मान्छे आकर्षित हुनै पाउँदैनन् । त्यसैले यस्ता संकेतहरु तपाईको प्रेम सम्बन्धमा पनि देखिएको छ भने तपाईले अवश्यपनि राहुको शान्ति गराउनै पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ