arrow

अम्बर गुरुङलाई सरकारले दियो भत्ता

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Ambar-Gurung.jpg.jpeg
काठमाडौं । सरकारले नेपाली राष्ट्रिय गानका सङ्गीतकार तथा वरिष्ठ सङ्गीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति अम्बर गुरुङलाई भत्ता स्वरुप ३० हजार रुपैंयाँ उपलब्ध गराएको छ । प्रतिष्ठान मार्फत नियमित भत्ता उपलब्ध गराउने नेपाल सरकार, मन्त्रीपरिषद्को गत कार्तिक २३ गतेको निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक आनन्द प्रसाद पोखरेलले सङ्गीतकार गुरुङको बुढानिलकण्ठस्थित निवासमा उक्त रकम हस्तान्तरण गरे । 

हस्तान्तरण कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भूजीत बासकोटा, सदस्य सचिव गणेश रसिक, संस्कृति सचिव दीनेश कुमार थपलिया लगायत प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले गुरुङले नेपाली सङ्गीतका क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरे । ‘सिङ्गो नेपाललाई व्युझाउन र नेपालको राष्ट्रियतालाई जगेर्ना गर्ने उहाँको कार्यलाई पुस्ता पुस्ता सम्म कसैले विर्सने छैनन् । विगतमा उहाँले गरेका योगदान सगरमाथा भन्दा अग्ला छन र उहाँको योगदानले अर्काे सगरमाथाको उचाई प्राप्त गरको छ ।’ उनले भने ।

प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति र वरिष्ठ सङ्गीतकार उपचारका क्रममा रहेकाले उनले राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै उनको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नका लागि मन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरे ।  

प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले राष्ट्रका लागि अतुलनीय योगदान गर्ने श्रष्ट्राहरुको कदर स्वरुप राज्यले उपचार लगायत अन्य सुविधा र सहयोग उपलब्ध गराउनु पर्ने बताए । मन्त्री पोखरेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा गरिएको प्रस्तावलाई पहल गरिने र यस प्रस्तावलाई सहजिकरणका लागि आफू लागि पर्ने बताए । भेटघाटका क्रममा प्राज्ञ माधव प्रधान, प्राज्ञ पवित्रा घर्ति, प्राज्ञ पुस्कर गुरुङ्ग, मन्त्रालयका सहसचिव भरतमणी सुवेदी लगायतको उपस्थिति रहेको थियो । गुरुङ्ग केही वर्ष देखि पार्किन्सन्स र मधुमेहबाट पीडित छन् र नियमित उपचारको क्रममा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ