arrow

२०१५ मा युएईमा ६४ नेपालीले ज्यान गुमाए

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
64-In-the-UAE-Image.jpg.jpeg
लालबहादुर ढेंगा, दुबई । वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ । भिजिट भिषा, टुरिष्ट भिषा र इम्पलोएमेण्ट भिषा लिएर छिर्नेहरुको संख्यामा दिनाहुं बढ्दो देखिन्छ । युएईमा अन्य खाडी मुलुकहरुको तुलनामा रोजगारदाताहरुका लागि सर्वशुलभ भएको हुनाले कामदारहरु भित्रिने क्रम ह्वाट्टै बढ्न थालेको हो । 

नेपाल वैदेशिक रोजगार विभागमा युएईस्थित कार्यरत नेपाली कामदारहरुको संख्या लगभग ४ लाख १ हजार रहेको तथ्याङ्क रहेता पनि गैरकानुनी रुपमा रहेका र भारतको बाटो हुदै आएका लिएर नेपाली राजदूतावास अबुधावी र अन्य जनमानसको तथ्याङ्क अनुसार ३ लाख २ हजारको हाराहारिमा रहेको अनुमान गरिन्छ । 

अन्य शहरमा भन्दा युएईको मुटु मानिने दुबई शहरमा नेपालीहरुको धेरै संख्या भएको हुनाले नेपाली व्यवसायहरु पनि फस्टाउदै गएको पाईन्छ । नेपाली व्यवसायीहरुमध्ये क्रमशः पहिलोमा रेष्टुरेण्ट, दोस्रोमा व्यूटीपार्लर, तेस्रोमा ट्राभल्स एण्ड टुरिजम रहेको छ भने अन्यमा कपडा पसल, किराना पसल, इलेक्ट्रानिक पसल, टेल्र्स पसल आदि रहेका छन् । यसमध्ये रेष्टुरेण्ट, व्यूटीपार्लर र ट्राभल्स एण्ड टुरिजम व्यवसायीमा पुरुषहरुको दाजोमा महिलाहरुको संख्यामा बृद्धि हुंदै गएका छन् । 

युएई भन्नाले दुबई, अबुधावी, शारजाह, अजमान, रसअलखैमाह, अलाईन र फुजेराह  ७ वटा शहरबाट बनेको देश युनाईटेड अरब इमिरेट्स भनेर बुझिन्छ । युएईको कुनै पनि सरकारी विभाग, प्राइवेट कम्पनी, बैंक, होटलदेखि घरखातासम्म नेपाली कामदारहरु कार्यरत रहेका छन् । अन्य राष्ट्रका नागरिकलाई भन्दा नेपालीहरुलाई ईमानदार र धेरै परिश्रम गर्ने कामदारको रुपमा चिनिने गर्दछ ।

रोजगारीको शिलशिलामा युएईस्थित रहेका नेपालीहरुले विभिन्न कारणवंश ज्यान गुमाउनु समेत परेको छ । यस बर्ष २०१५ मा नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार ६४ जना नेपालीहरुले ज्यान गुमाएका छन् । सन् २०१३ मा ७० जना नेपालीहरुको मृत्यु भएको थियो भने सन् २०१४ मा ६३ जनाले ज्यान गुमाएका थिए ।

आफ्नो जन्मभूमिबाट टाढा सुरक्षित भविश्य र घर परिवारलाई सुख दिने सपना बोकेर बिदेशीएका नेपालीहरुले प्रवासको ठाउंमा पनि ज्यान गुमाउन पुगेका छन् । कतिपय दुर्घटनाहरु कानुन र नियमहरुको सहि ज्ञानको अभावका कारण पनि हुन पुगेको हुन्छ । जुन देशमा रोजगारको लागि गईन्छ भने त्यो देशको कानुनलाई सरसर्ती अध्ययन गरेमा केही हदसम्म सुरक्षित हुन सकिन्छ होला भन्ने धारणा रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ