arrow

क्लासिकको नयाँ गीतमा नम्रताको उत्कृष्ठ काम(भिडियो)

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Namrata-Shrestha.jpg.jpeg
काठमाडौं ।  माघ २९ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्म ‘क्लासिक’को ‘प्रकृतिको सुन्दर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  ताराप्रकाश लिम्बुको संगीतमा डा. कृष्णहरि बराल र मेलिना राईको स्वर रहेको गीतमा अभिनेत्री नम्रता श्रेष्ठलाई उत्कृष्ठ किसिमले प्रस्तुत गरिएको छ । दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा लोभलाग्दो तरिकाले लिप्सिङ गरेकी छिन् । 

यसअघि सार्वजनिक भएको ‘सुनौला हरदिन’ले दर्शकको मन जितिसकेको छ । फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन् । दृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् । 

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा दिनेश राउतको निर्देशन छ । दिनेशले करिब ३ बर्ष लगाएर यो फिल्मको कथा लेखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ