arrow

फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Pachthar.jpeg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । आगामी पुष २५ बाट सञ्चालन हुन लागेको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले गोल्डकप सञ्चालनका लागि करिब ८० प्रतिशत तयारी पूरा भएको पत्रकारलाई जानकारी गराएको हो । क्लबका संस्थापक अध्यक्ष सुरेश शाहाका अनुसार प्रतियोगिता सञ्चालन हुने फिदिम उच्च माविको खेलमैदानको व्यवस्थापन तथा मर्मतको कार्य अन्तिम चरणमा पुगेको छ भने प्रतियोगिता सम्पन्न गर्न सहयोग संकलन गर्ने कार्य पनि धमाधाम चलिरहेको छ ।

यस बर्ष पनि प्रतियोगितालाई वाई–वाई चाउचाउले प्रायोजन गर्ने भएको छ भने दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था पाँचथर कोरिया मञ्चले प्रथम पुरस्कार प्रायोजन गर्ने भएको छ । यस्तै हाल बेलायतमा फिदिम स्पोर्टिङ क्लबका पूर्व गोलकिप्पर संगम राईले दोस्रो पुरस्कारको प्रायोजन गरेका छन् । क्लबका संस्थापक अध्यक्ष सुरेश शाहका अनुशार प्रतियोगितामा जम्मा ३० हजार दर्शकको सहभागिता हुने अनुमान गरिएको छ । पुष २५ देखी माघ २ गते सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत माघ १ गते साँस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

यसका लागि राष्ट्रिय स्तरका कलाकारहरुसँग सम्वाद भइरहेको शाहले वताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैँया भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको क्बलका कोषाध्यक्ष विमल श्रेष्ठले वताउनुभयो । भारतीय नाकाबन्दी र मधेश आन्दोलनको चपेटामा मुलुक परिरहेको भएतापनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पाँचथरको परिचय गराउने, केही बर्ष यता नियमित रुपमा सञ्चालन हुन थालेको फाल्गुनन्द गोल्डकपको अस्तित्वलाई बचाई राख्ने तथा राष्ट्रिय विभूति एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको योगदानको प्रचारका लागि प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाई छ ।

प्रतियोगतामा सदाका बर्षहरुमा झैँ यस बर्ष पनि आठ फुटबल टोलीले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब, विर्तामोड युनाइटेड (झापा–११), कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, माइभ्याली फुटबल क्लब इलाम, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, काम्माङ फुटवल क्लब सिक्किम, चर्चव्वाइज फुटवल क्लब काठमाण्डौँ र विराट स्पोर्टस् एकेडेमी मोरङले सहभागिता जनाउने निश्चित भइसकेको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ