arrow

सकुन्तला बने राजेश हमाल

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Hamal.jpg.jpeg
काठमाडौं । केही समय अघि फिल्म ‘सकुन्तला’को फिल्म घोषणा कार्यक्रममा अभिनेता राजेश हमालले फिल्मको कथा सस्पेन्स रहेको र फिल्ममा सकुन्तला जो पनि हुनसक्ने बताएका थिए । उनले जो पनि हुनसक्ने भने पनि अहिले आएर फिल्मको शीर्ष भूमिकामा उनी आफै रहेको खुलेको छ । हमालको महिला रुप सार्वजनिक भएपछि उनी नै प्रमुख पात्र रहेको खुल्न आएको हो । हाल धमाधम छायांकन भईरहेको फिल्मको सुटिङको तस्वीर सार्वजनिक भएपछि हमाल नै महिलाको भूमिकामा रहेको खुल्न आएको हो । 

फिल्ममा नायिका अनु शाह पत्रकारको भूमिकामा देखिँदैछिन् । फिल्मका निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरिरहेको फिल्म ग्रीनहिल भीएफएक्स प्रालिको व्यानरमा बनिरहेको छ । जसमा छायांकन र लेखन पनि निर्देशक दिनेशकै छ । फिल्ममा निर्माता महेश्वर खत्री र श्रीपसा खत्री छन् भने दिनेश श्रेष्ठ र मास्कर प्रधानाङ्ग कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदीपकुमार उदय, प्रदीप ढकाल र शिवन श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व, माइकल चन्दको गीत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ