arrow

साढे ९ हजार अवैद्य इन्धनसहित १२ जना पक्राउ

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
morang-j.jpg.jpeg
कुमोद अधिकारी, विराटनगर । तस्करी गरिएको साढे ९ हजार इन्धनसहित १२ जनालाई गए राती प्रहरीले मोरंङवाट पक्राउ गरेको छ । मोरङ जिल्लाका विभिन्न सिमा नाका तथा विराटनगरका विभिन्न ठाउवाट उनीहरुलाइ पक्राउ गरिएको मोरंङ प्रहरीले जनाएको छ ।

ग्यास, डिजेल, पेट्रोलसमेतका इन्धन तस्करीमा प्रयोग गरिएका भेन, जिप लगायतका सवारी साधनसहित उनीहरुलाइ पक्राउ गरिएको मोरंङ प्रहरीका डिएसपी प्रमोद खरेलले बताए  । उनीहरुको साथवाट प्रहरीले ठूलो परिणाममा ग्यास सिलिन्डर, डिजेल र पेट्रोल बरामद गरेको छ । प्रहरीले विराटनगर ११ का चन्दन मण्डल, विराटनगर २२ का फिरोज आलम, आल्लाउदिन मियाँ र बेचन मियाँलाई पक्राउ गरेको छ । यसैगरी भाथिगछका नसुल मियाँ, रमेश मण्डल, मोहम्मद रुसलम, मोनिचन साह, पृथ्वीचन्द्र साह, मोहम्मद जाविर र मोहम्मद मजरुम मियाँ पक्राउ परेका छन् । यसैगरी प्रहरीले ग्यास तस्करीमा संलग्न भएको भन्दै  मझारेका  रोशन कामत, शुनिल कामत, रामकुमार कामत, मनोज सिंह र पंकज कामत पक्राउ गरेको छ ।

भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा केहि दिनएता नौ हजार पाँच सय ८५ लिटर डिजेल, ६ सय ६२ लिटर पेट्रोल र एक सय ५० लिटर मट्टीतेल नियन्त्रणमा लिएको डिएसपी खरेलले बताए ।

प्रहरीले एक सय ५९ वटा भरिएका ग्यास शिलिन्डर र १२ वटा खाली शिलिन्डर समेत बरामद गरेको छ । बरामद गरिएका तस्करीका इन्धन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ