arrow

कार्यदलका लागि मोर्चाबाट तीन सदस्य, महन्थले छेडे दिल्ली देखि वीरगन्जसम्मको झमेला

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
morcha-1.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीनसंग वार्ता गर्न प्रस्तावित कार्यदलका लागि तीन सदस्य पठाउने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यालयमा भएको छलफलले मोर्चाको ११ बुँदे माग सम्बोधन गर्न तीन सदस्य पठाउने तय गरेको हो । 
 
यसलाई बैठक भन्न मिल्दैन । माइनट नभएकाले बैठक होइन सल्लाह गरेका हौं । महन्थ ठाकुरले दिल्ली देखि विरगन्ज सम्म कुराकानी गरेपछी तीन सदस्यको टुंगो लागेको हो । बैठकबाट निस्कनेवित्तिकै सद्भावना पार्टीका महामन्त्री मनीष कुमार सुमनले हाम्रा कुरासंग भने,‘तीन दलको  कार्यदल र हाम्रो कार्यदलले समस्या समाधानको काम गर्ने छ ।’ सबैको सल्लाहमा तीन जनाको नाम तय भएको हो ।
 
सद्भावना अध्यक्ष राजेन्द्र महतो उपचारका क्रममा दिल्ली छन् भने, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव विरगन्ज पुगेका छन् । यस्तै, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण समेत राजेन्द्र महतो दिल्ली गएपछी उनको ठाउँमा आन्दोलन सम्हाल्न विरगन्जमै छन् । 
 
को–को छन् ? 
हृदयश त्रिपाठी : तराई मधेस लोकतान्त्रिक पार्टी
राजेन्द्र श्रेष्ठ    :  संघीय समाजवादी फोरम 
रामनरेश राय यादव  : तराई मधेस सद्भावना पार्टी 
 
सरकारले एक जना मागेको 
आइतबारको वार्तामा तीन दलले कार्यदलमा एक जना सदस्यको नाम दिन भनेपछी सल्लाह गरेर आउने भनेका मोर्चा नेताहरुले तीन सदस्यीय टोलीनै बनाएर जाने निधो गरेका छन् । तीनदलको तर्फबाट तीन जना तय भइसकेका छन् । तर, दुई पक्षका सदस्यहरुको एउटै कार्यदल हुने या छुट्टा–छुट्टै कार्यदल भन्नेमा फेरि रडाको हुने देखिएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ