- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । दाङको तुलसीपुरमा संचालन भएको ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानको ४५ औ हप्ताको सरसफाई अभियान मंगलबार निर्वाचनको एक दिन अगाडि समेत सम्पन्न भएको छ । निर्वाचनको सरगर्मी बढिरहेका बेला समेत विभिन्न संघ संस्थाको सहभागितामा सरसफाई अभियान सम्पन्न भएको हो मंगलबारको अभियानको नेतृत्व सञ्चार सञ्जाल दाङले गरेको थियो । महत्वपुर्ण चार्डपर्वका बेला र पानी परेका बेला समेत नरोकिएको अभियान पनि सम्पन्न भएको हो ।
मंगलबारको अभियानको शुभारम्भ सल्यान नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । सो अवसरमा बोल्दै अधिकारीले ‘क्लिन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानले तुलसीपुरलाई राष्ट्रिय रुपमा परिचित गराएको भन्दै खुसी ब्यक्त गरे । उनले अभियानका कारण तुलसीपुर बजार सरसफाई युक्त रहेको भन्दै आयोजक संस्थाहरुको कार्यको प्रशंसा समेत गरे ।
मेयर अधिकारीले अभियानमा सबैको साझा सहयोग आवश्यक भएको भन्दै अभियानलाई निरन्तरता दिन सुझाव दिए । अधिकारीले यो अभियानलाई आफुले सल्यानमा समेत शुरुवात गर्ने बताए । सो अवसरमा आजको सरसफाई अभियानको नेतृत्व गर्ने संस्थाका यज्ञ बहादुर विकले पनि आफ्नो मन्तव्य राखेका थिए ।