arrow

अनेरास्ववीयू क्रान्तिकारीले शैक्षिक माफीया चिनाउने

९९ जनाको केन्द्रीय सदस्य बनाइयो

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
akhil-krantikari.jpg.jpeg
काठमाडौ। अनेरास्ववीयू क्रान्तिकारी (विप्लबसमूह)ले शैक्षिक माफीया र दलालहरुको फोटोसहितको होर्डिङ्ग बोर्ड सार्वजनिक स्थलमा राख्ने भएको छ । सो संगठनले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुको कुकृत्यको फेहरिस्तसहितको होर्डिङ्ग बोर्ड राख्ने घोषणा गरेको हो । 
 
उसले सीविएसई द्धारा सञ्चालित भारतीय शिक्षण सस्था विरुद्ध निर्णायक आन्दोलन गर्ने, सीटीईभीटी, विश्वविद्यालयहरु, विदेशी सम्बन्धन प्राप्त कलेज, शैक्षिक परामर्श दातृ सस्थाको अध्ययन गर्न कार्यदल गठन गर्ने, मागपत्र राखी आन्दोलन गर्ने, विगतमा भएका सहमति कार्यावन्वयनको लागि दवाव दिने, भारतीय अघोषित नाकाबन्दी र कालोबजारीको विरुद्ध संघर्ष गर्ने तथा दलाल सत्ताका राष्ट्रघाति र जनविरोधी क्रियाकलाका विरुद्ध आन्दोलन गर्ने घोषणा पनि गरेको हो । 
 
पत्रकार सम्मेलनमा संगठनको चौथो पूर्ण बैठकले उपाध्यक्षमा पद्मा बहादुर तामाङ, सचिवमा रामबहादुर विक, कोषाध्यक्षमा आस्था घिमिरे र अन्य २० जनालाई केन्द्रीय सदस्यमा चयन गरी ९९ जनाको केन्द्रीय सदस्य बनाईएको जानकारी दिईयो । त्यसैगरी केन्द्रीय समितिमा रहेका ९जनालाई समितिबाट निकालेर अन्य जिम्मेवारी दिईयो । 
 
अध्यक्ष पुर्ण बहादुर सिंहले बैठकले मेची महाकाली तीन संगठनात्मक अभियान विद्यालयदेखि विश्वविद्यालयसम्म टिमबद्ध रुपमा माघ–फागुण सम्म सञ्चालन गर्ने निर्णय समेत गरेको जानकारी दिए । 
 
उपाध्यक्ष लालबहादुर तामाङ्ग मुलुक अहिले राज्य विहीनताको अवस्थामा रहँदा तस्करी र कालोबजारीले मुलुक चलाई रहेको दावी गर्दै अब त्यसका विरुद्ध आफूहरुले शसक्त आन्दोलन गर्ने उद्घोष गरे । 
 
कतिपयले अनेरास्ववीयूको यो नयाँ आन्दोलनलाई पैसा उठाउने रणनीतिको रुपमा बुझेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ