चुनावलार्इ केन्द्रीत गरी मोरङमा नेपाल-भारतको संयुक्त सुरक्षा गस्ती
प्रकाशित २०७४ असार १३ मंगलबार
335
Shares
विराटनगर। यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।
सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । मोरङ जिल्लाको ६३ किमी लामो सीमा क्षेत्रको दशगज्जा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्रबाट संयुक्त रुपमा गस्ती सुरु गरेको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए।
नेपालतर्फको दशगज्जा क्षेत्रमा नेपाल प्रहरी र भारततर्फको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले गस्ती गर्ने गरेको र केही समस्या आएमा संयुक्त रुपमा सुरक्षा समन्वय गर्ने गरेको प्रहरी प्रमुख भण्डारीले बताए। नेपाल तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारतीय क्षेत्रमा भारतीय सुरक्षा बल परिचालन गरिएको छ । रासस