arrow

शान्ति शिक्षा अभियान नेपालले दोलखाका भुकम्पले क्षतिग्रस्त २ विद्यालय भवन पुननिर्माण गरि हस्तान्तरण

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
shanti-school-kshamawati.jpg

दोलखा । शान्ति शिक्षा अभियान नेपालले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३”अन्तर्गत दोलखा जिल्ला भिमेश्वर नगरपालिका–१ मा अवस्थित क्षमावती माध्यमिक विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ। भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले  पुनर्निर्माण भएका भवनको हस्तान्तरण गर्नुका साथै पुस्तकालय भवनको उद्घाटन गरेका थिए। 

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माण तथा पुस्ताकालयमा गरिएको सम्झौताको कुल लागत रकम रु ४८,४९,३६५ बारे विस्तृत रुपमा समुदायलाई जानकारी गराइन। 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द राज शिवाकोटीले विनाशकारी भुकम्पले विद्यालयको भवनहरु क्षतिग्रस्त बनाएको विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले ११ कोठे पक्की भवन निर्माण गरि पुस्तकालय सहयोग गरेकोमा विद्यालयलाई धेरै राहत मिलेको बताए । 

शान्ति शिक्षा अभियान नेपालको कोषाध्यक्ष बिजयबाबु शिवाकोटीले विद्यालयहरुको भवन क्षतीग्रस्त भएको अवस्थामा विद्यालय भवनहरु पुनर्निर्माण गरि पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा आफु अत्यन्त हर्षित भएको बताए ।

मेयर के.सीले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरि विद्यालयका बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिीक्षकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरे। 

यसैगरि हिलेपानी संस्कृत माध्यमिक विद्यालयको भवन तथा शोचालय समेत शान्ति शिक्षा अभियान नेपालले समुदायलाई हस्तान्तरण गरेको छ। भवन तथा सौचालय निर्माणमा गरिएको सम्झौताको कुल लागत रकम  रु ३९,९८,१३७ बारे विस्तृत रुपमा समुदायलाई जानकारी गराइन। 

सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवाकोटीले भुकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीहरुलाई असहज वातावरणमा पठनपाठन गराईरहेको अवस्थामा नेपाली अमेरिकन फ्रेन्डसिप एसोसिएसन (नाफा), अमेरिकाको आर्थिक सहयोगमा भवन तथा सौचालय पुनर्निर्माण गरि पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। आगामी दिनहरुमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक कार्यक्रमहरु मार्फत संस्थाको सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामलाल पन्थीले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरी बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको तथा सौचालय श्रृजना भएकोमा धन्यबाद व्यक्त गरे ।

शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्तर्गत विद्यालय भवननिर्माण मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । 

गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनिय अवस्थालार्ई मध्यनजर गर्दै यस संस्थाले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३” अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कुल रु २ करोड ७५ लाख को लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गरिरहेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ