arrow

पत्रकारलाई क्रिश गेलले भने–‘रातो नहोउ मैया’......

जोकर बन्दा फसे क्रिश गेल : १० हजार अष्ट्रेलियन डलर जरिवाना

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
gayle.jpg.jpeg
एजेन्सी । अष्ट्रेलियन घरेलु टि–२० लिग खेलिरहेका स्टार क्रिकेटर क्रिश गेलले महिला पत्रकारसँग जिस्किँदा माफी माग्नु परेको छ । माफीसँगै उनले १० हजार अष्ट्रेलियन डलर जरिवाना समेत तिर्नु परेको छ । बिग बास खेलिरहेका गेलले टेलिभिजन रिपोर्टरलाई अन्तर्वाताको क्रममा ड्रिङ्क गर्न बाहिर जाउँ भनेका थिए । गेलको सोही मजाक वा हर्कतले संसारभर तहल्का मच्चिएको छ । 
 
मेलबर्नकालागि १५ बलमा ४१ रन बानएर आउट भएपछि रिपोर्टरले आउट हुनको कारण बारे सोध्दा गेलले मजाक सुरु गरे,‘मलाई आउट भएर अन्तर्वार्ता दिन मन लाग्यो, तिम्रो आँखा हेर्न मन लाग्यो, जुन राम्रो छ र म यहाँ छु । संभवतः हामी खेल जित्छौ र ड्रिन्क खान्छौ । रातो नहोउ मैया ।’ टेलिभिजन रिपोर्टर मेल मकलौहलिनले म रातो भाको छैन् भन्ने जवाफ फर्काएकी थिइन् । 
 
धेरै विवाद बढेपछि गेलले आफुले व्यक्त गरेका कुरा जोक मात्र रहेको र यदी मेललाई चोट पुगेको भए माफी माग्ने बताएका छन् । ‘मेरो आशय कुनै पनि नकरात्मक र उत्तेजित पार्ने थिएन’–गेलले भनेका छन् ।  अलिक मनमौजी चरित्र भएका गेलको ब्यवहारले अफठ्यारोमा पारेको छ । 
 
अष्ट्रेलियन क्रिकेट बोर्डका प्रमुख जेम्स सुदरल्याण्डले गेलको अभिव्यक्ति गैह्रजिम्मेवार भएको प्रतिक्रिया दिएका छन् । सुदरल्याण्डले भने,‘त्यो कुनै नाइट क्लब होइन र त्यो ठाउँ मकलौहलिनको काम गर्ने स्थान भएकोले गेलको अभिव्यक्ती अपाच्य छ ।’ बिग बासका प्रमुख लगायत च्यानल–10 का प्रमुखले समेत गेलको आलोचना गरेका छन् । गेल यसअघि समेत उट्पट्याङ गरेर फस्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ