arrow

पोर्चुगलमा दूतावास स्थापनाका लागि संर्घष समिति गठन

logo
भरत प्रधान।
प्रकाशित २०७४ असार १४ बुधबार
embassy_portugal-pressure-group.jpg

पोर्चुगल । युरोपेली मूलुक पोर्चुगलमा नेपाली राजदूतावास स्थापर्नाथ पहल एवं दबाबका लागि पोर्चुगलबासी प्रवासी नेपालीहरुको सकृयतामा संयुक्त संर्घष समिति गठन गरिएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको पहलमा पोर्चुगलमा क्रियाशील नेपाली सँघ सँस्थाहरुको लिस्बनमा भएको बिशेष भेलाले संयुक्त सँर्घष समिति गठन गरेको हो । भेलाले पोर्चुगलका लागि पर्यतनदूत तथा गैर आवासिय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य रमेश कुमार गुरुङको संयोजकत्वमा ५१ सदस्यीय संयुक्त संर्घष समिति गठन गरेको छ । 

समितिमा पोर्चुगलमा क्रियाशील सबै राजनितीक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी, समाजसेवी, ब्यबसायी, बुद्धिजिवीहरुको सहभागिता रहेको छ ।

समितिले पोर्चुगलमा रहेका नेपालीहरुको तथ्याङक सकलन तथा हस्ताक्षर संकलन सहितको एक प्रतिवेदन तयार गर्ने बताईएको छ । उक्त प्रतिवेदन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरालाई बुझाउने कार्यक्रम तय भएको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिए । 

युरोपका अन्य मूलुकमा भन्दा पोर्चुगलमा बस्ने नेपालीहरुको संख्या धेरै भएपनि दूतावास स्थापना हुन सकेको छैन । कृषि कामदारका रुपमा नेपालीहरु पोर्चुगल पठाउने गरिएको भएपनि सरकारले दूतावास स्थापनामा ध्यान नदिदा यहाँ रहेका नेपालीहरु समस्यामा पर्ने गरेका छन् । दूतावास नहुँदा यहाँ रहेका प्रवासी नेपालीहरु दूतावासको सेवाका लागि फ्रान्स धाउनुपर्ने बाध्यता रहेको छ ।

यकिन तथ्याङक नभएपनि पोर्चुगलमा २० हजार बढी नेपालीहरु रहेको अनुमान छ । हाल मकर बहादुर हमाल अबैतनिक बाणिज्यदूतका रुपमा कार्यरत छन् । दूतावास स्थापनाका लागि यसअघि पनि नेपाली संघ संस्थाहरुले पटक–पटक दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ