arrow

'निवर्तमान मन्त्रीहरुले महाधिवेशनमा पैसाको चलखेल व्यापक गर्दैछन'

महाधिवेशनमा पैसाको चलखेल व्यापक हुनेवाला छ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७२ पुष २१ मंगलबार
mahendra-sharma.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्माले नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनलाई पैसाको बलमा प्रभावित पार्न चलखेल हुनसक्ने आशंका व्यक्त गरेका छन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै शर्माले पैसाको चलखेल धेरै हुन सक्ने आशंका व्यक्त गर्दै पैसाको प्रभावमा केन्द्रिय समितिमा पुग्न लालायित हुनेहरुले नेतृत्व तहलाई पनि प्रभावित पार्न सक्ने बताएका हुन। 
 
शुसिल कोइराला नेतृत्वको सरकारका निवर्तमान मन्त्रीहरुको नाम नलिइकनै शर्माले भने " महाधिवेशनमा प्रभावित पार्न निवर्तमान मन्त्रीहरु सबैभन्दा अग्रमोर्चमा हुने देखिएको छ। " महाधिवेशनका लागि पैसा चाहिन्छ भनेर कर्मचारी सरुवा, वढुवा, ठेक्कापट्टा लगायतमा अनियमितता गरेर पैसा जम्मा गरेका निवर्तमान मन्त्रीहरुले महाधिवेशनमा पैसाको चलखेल गर्ने शर्माको ठोकुवा छ। 
 
पार्टीलाई कब्जाको शैलीमा चलाउन खोज्नेहरुका कारण समस्या परेको र धेरैले सदस्यता नविकरण नगरेको उनको चिन्ता छ। नयाँ सदस्यता थपिएपनि ५९ हजार पुराना सदस्यले काँग्रेसको सदस्यता नविकरण नगरेकोमा उहाँले चिन्ता व्यक्त गरे। 
 
मध्यम वर्ग र निम्न बर्गले समेत निर्वाचनमा उम्मेदवार बनि भाग लिन सक्ने "सर्वसाधारणको पहुँचको लोकतन्त्र " तिर मुलुकलाई लैजाने जिम्मेवारि युवाको काँधमा आएको शर्माले बताए। महाधिवेशनबाट पार्टीमा यूवाहरु स्थापित हुनुपर्छ भनेर भरोसा विश्वास र अपेक्षा रहेको उहाँले बताए। 
 
गुण्डातन्त्र र कुलिनतन्त्रले लोकतन्त्र साँघुरो बनाएको शर्माको भनाइ छ। वर्तमानमा "सर्वसाधारणको पहुँचको लोकतन्त्र " १३औं महाधिवेशनमा प्रमुख मुद्दा बनाउन आफू सहितका यूवाहरु लाग्ने उहाँले बताए। पार्टीको अधिवेशनका लागि निर्देशिका जारी गर्दै निर्वाचन आचारसंहिता बनाई कडाइका साथ लागुगर्ने उहाँको माग छ। 
 
पार्टीलाई विभाजित नभए एकताबद्ध बनाइ लैजान पनि सभापतिमा शुसिल कोइरालाको विकल्प नभएको शर्माले बताए। ६० र ४०को कारणले पनि पार्टीमा एकताको भावना अझै नआएको भन्दै त्यसलाई अन्त्य गर्दै संस्थागत गर्न पनि कोइराला सभापतिमा दोहोर्‍याउनुपर्ने शर्माको भनाइ छ। 
 
शर्मासँगको भिडियो अन्तर्वार्ताका लागि यहाँ  हेर्नुहोला। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ