arrow

मिस ग्रान्ड नेपाल हुँदै

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
index-1.jpg.jpeg
काठमाडौं । नेपालमा विभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन् । यसै क्रममा यस वर्षदेखि मिस ग्रान्ड नेपाल प्रतियोगिता समेत आयोजना गर्न लागिएको छ । महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेरोलुक्स नामक संस्थाले मिस ग्रान्ड नेपाल प्रतियोगिता गर्न लागेको हो ।

संस्थाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी १८ वर्षदेखि २६ वर्षसम्मका युवतीले प्रतियोगितामा भाग लिन सक्ने जनाएको छ । मिस ग्रान्ड विजेताले थाइल्यान्डमा हुने इन्टरनेसनल ब्यूटी पिजेन्टमा भाग लिन पाउने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन जनवरी ६ देखि फेव्रुअरी ५ सम्म फर्म खुल्ला गरिएको छ । यस ईभेन्टको व्यबस्थापको जिम्मा रिवुलेशन प्रालिले गर्ने छ । अक्टुवरमा थाईल्याण्डमा हुने प्रतियोगितामा नेपाल लगाएत अन्य ९० वटा देशका सुन्दरीहरुको प्रतिसप्रधामा नेपाली विजेता सहभागीहुन अवसर पाउने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ