arrow

सविधानका मुलभुत विषयवस्तुहरुको बारेमा नागरिकलाई सुसुचित

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Commerce-Minister-Ganesh-Man-Pun.jpg.jpeg
 
दिलिप खड्का, रुकुम  । वाणिज्य तथा आपूर्ती मन्त्री गणेशमान पुनले रुकुम जिल्लाको विकासको लागि विभिन्न तवरबाट प्रयास जारी राखेको बताउनु भएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम  पुग्नुभएका  मन्त्री पुनले आज जिल्ला विकास समितिको हलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्लाको विकास निर्माण तथा विकास निर्माण गर्दा आइपरेका समस्या बारेका जानकारी गराउनु भएको थियो । मन्त्री पुनले जिल्लाको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
 
जिल्ला विकास समिति कार्यलय रुकुमको आयोजना नेपालको सविधान , जनताको सविधान , जनताको सविधान , जनताको माझमा अभियान अन्तर्गत सविधानमा रहेका मुलभुत विषयवस्तुहरुको बारेका सुसुचित गराउन गृह जिल्ला पुग्नु भएका मन्त्रि पुनले मधेसि मार्चाको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीले देशमा ठुलो संकट परेको बेला तेस्रो मुलुकबाट इन्धन लगाएतका सामाग्रि नेपाल ल्याउन बाटो खुलाएको बताउनुभयो ।
 
 तेस्रो मुलुकबाट नेपालमा इन्ध लगाएतका अत्यआवश्यक वस्तु ल्याउने बाटो खुले सँगै भारतको मात्र भरमा बस्नु पर्ने बाध्यता हटेको बताउनुभयो । भारतले नाका बन्दी मात्र नगरेर अन्य कुनै कारणले आयात रोकेमा आब पहिलेको जस्तो समस्या नहुने बताउनु भयो । यस्तै उहाँले ताराई मधेसको समस्या छिटै समाधान हुने बताउनु भएको छ । नेपालको सविधानमा भएका व्यवस्था तराईका जनताले राम्रो संग अध्ययन गरे मधेस आन्दोलन आफै अन्य हुने बताउनुभयो ।
 
यसैविच रुकुम जिल्लाका सांसद् मिठ्ठु मल्लले नयाँ सविधानले सबै नेपाली जनातको हक अधिकार समिटिएकोले कसैले पनि देश विकासकको बेला आन्दोलन तथा नेपालीनेपाली विचको सद्भाव भड्कने खालको कार्य नगर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाली काग्रेस सरकारमा हुँदा सवै राजनीतिक दलहरु मिलाएर सरकारमा सामेल गराएकोले अहिलेको सरकारले पनि सबै राजनीतिक दलको भावना बुझनु पर्ने बताउनु भयो ।सविधानमा रहेका मुलभुत विषयवस्तुहरुको बारेका रुकुमका नगरिकलाई जानकारी गराउन रुकुमका तीनजना सांसद गणेशमान पुन, मिठ्ठु मल्ल र दलजित सेर्पाली यहाँ आउनु भएको थियो । उहाँहरुले यहाँका नगरिकले नबुझेका विषयमा नेपालको सविधानमा रहेका मुलभुत विषयवस्तुका बारेका सुसुचित गराउनु भएको थियो ।
 
यस्तै उहाँहरुलाई यहाँका जनताले रुकुम टुक्रिएको या नटुक्रिएको बारेका सोधे पछि जिल्ला टुक्रिए नटुक्रिए पनि नेपालमै पर्ने भएकाले कुनै फरक नपर्ने बताउनु भएको थिायो । कार्यक्रमा जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक, विभिन्न सरोकारवाला , पत्रकार लगाएतको उपस्तिथ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ