arrow

'शुसिल र शेर बहादुरले दायाँ बायाँ बसेर रामचन्द्रलाई सहयोग गर्नुपर्छ'

प्रतिष्पर्धाको मैदानमा पौडेललाई कोइरालाले समर्थन जनाउछँन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७२ पुष २१ मंगलबार
madhu-acharya.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता मधु आचार्यले पार्टी सभापति शुसिल कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवाले दायाँ बायाँ बसेर पार्टी सभापतिका उमेद्वार रामचन्द्र पौडेललाई सहयोग गर्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनुभएका आचार्यले हाम्राकुरा डटकमसँग कुरा गर्दै भने "अब शुसिल दाई र शेर बहादुर दाई सम्माननीय भएर बस्नुपर्छ। "
 
आसन्न १३औं महाधिवेशनमा सभापतिमा उमेद्वार बन्ने तयारीका साथ पार्टीका ३ जना नेता नै लागिपरेको सन्दर्भमा आचार्यले भने " अन्तिम समयमा दुई जना मात्र उमेद्वार बन्नेछन्। रामचन्द्र पौडेललाई शुसिल कोइरालाले समर्थन गर्नहुनेछ। " 
 
महाधिवेशनमा प्रतिष्पर्धा भएको अवस्थामा पनि दुईवटा विचार समुहको प्रतिष्पर्धा हुनेछ। एउटाको नेतृत्व कोइराला र पौडेलले सामुहिक रुपमा गर्ने र अर्कोको देउवाले गर्ने आचार्यको भनाइ छ। आचार्यले भने " प्रतिष्पर्धाको मैदानमा पौडेललाई कोइरालाले समर्थन जनाउनुहुनेछ। "
 
तर कोइराला आफै महाधिवेशनमा उमेद्वार बन्न लागिपर्नुभएको सन्दर्भमा उनले भने " त्यस्तो अवस्थामा कोइराला स्वाभाविक उमेद्वार हुनुहुन्न।" आचार्यले थपे " सभापति र प्रधानमन्त्रीमा परिक्षण भइसक्नुभएका देउवा र कोइराला स्वाभाविक उमेद्वार होइन। अब पौडेल मात्र स्वाभाविक उमेद्वार हो। "  
 
पार्टीलाई नेता प्रधान भन्दा पनि नीति प्रधान बनाउनुपर्ने तर्क आचार्यको छ। नीतिगत रुपमा काँग्रेसलाई समय सान्दर्भिक बनाउँदै लिएर जाने चुनौति रहेको र त्यो चुनौती निर्वाह रामचन्द्र पौडेलले सामना गर्न सक्ने हैसियत राख्ने आचार्यले बताउनुभयो। नीति राम्रो बनाउँदै गर्दा त्यसलाई नेतृत्व गर्ने पनि राम्रो मान्छे चाहिने हुनाले पौडेलले त्यो आवश्यकता पुरा गरेर काँग्रेसलाई सहि नेतृत्व दिनसक्ने आचार्यको दावी छ।  
 
आचार्यसँगको भिडियो अन्तर्वार्ताका लागि यहाँ  हेर्नुहोला। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ