arrow

नेम्वाङ्ग संसदीय दलको उपनेता, प्रमुख सचेतकमा ढकाल

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Subhash-&-Bhanubhakta.jpg.jpeg
काठमाडौं । एमाले संसदीयदलको बैठकले संसदीय दलको उपनेतामा पूर्व सभामुख सुवास नेम्वाङलाई चयन गरेको छ । एमालेले दोस्रो संविधानसभा निर्वाचनपछि उपनेता चयन गर्न सकेको थिएन ।
 
मंगलबार बसेको संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता र सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतक चयन गरेको हो । संविधान सभा विघटनपछी भएको नयाँ सभामुख चयनले नेम्वाङ जिम्मेवारीविहिन थिए । केही साताअघिमात्रै केन्द्रीय सदस्य मनोनयन भएका नेम्वाङ्ग स्थायी कमिटी सदस्यमा बढुवा भए ।  
 
प्रमुख सचेतक अग्नि खरेल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएपछि पद खालि थियो । सचेतक चयन भएका ढकाल संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट समानुपातिक सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ