arrow

विकास र समृद्धिका लागि नयाँ शक्ति : डा भट्टराई

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg
म्याग्दी । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले मुलुकको विकास र आर्थिक समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । नयाँ शक्ति अभियान म्याग्दीले आज बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भइसकेकाले अब आर्थिक विकास र समृद्धिले मात्रै मुलुकको विकास सम्भव रहेको बताउनुभयो । 
 
विभिन्न सङ्घर्षबाट संविधानसभामार्फत जारी भएको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विभिन्न अधिकार सुरक्षित गरेको बताउँदै उहाँले यसैको जगबाट बेरोजगारी, गरिबी र पछौटेपन हटाउन आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘‘राजनीतिक परिवर्तनले अधिकार प्राप्त भएको छ, यसले ढोका खोल्ने काम मात्रै गरेको छ, अब आर्थिक विकास र समृद्धिको लक्ष्यमा पुग्न नयाँबाटोबाट अगाडि बढ्नुपर्छ”, नेता भट्टराईले भन्नुभयो । 
 
विभिन्न पार्टी, व्यवसाय र क्षेत्रमा लागेका युवाहरूलाई आफ्नो अभियानमा सरिक हुन आह्वान गर्दै उहाँले मुलुक विकासको कार्ययोजनासहित निकट भविश्यमै नयाँ शक्ति अभियानलाई राजनीतिक शक्तिको रुप दिने तयारी भइरहेको जानकारी दिनुभयो । 
 
‘आर्थिक विकासबिना परिवर्तन असम्भव’ 
 
यसैबीच, संयोजक डा भट्टराईले आर्थिक परिवर्तन र समृद्धिबिना परिवर्तन संस्थागत नहुने बताउनुभएको छ । आज बागलुङमा आयोजित अन्र्तक्रिया कार्यक्रममा नेता भट्टराईले संविधान राज्यको दिशाबोध र चरित्र निर्धारण गराउने आधारमात्रै भएको बताउँदै भट्टराईले पुरानो सोच, शैली र सिद्धान्त अब नयाँ नेपालका लागि काम नलाग्ने बताउनुभयो ।  संविधान निर्माणका क्रममा भएको त्रुटिका कारण मधेस आन्दोलन भएको बताउँदै उहाँले त्यसको छिट्टै समाधान गर्नुपर्ने बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ