arrow

सचिव कार्कीसहितलाई कारबाही गर्न आयोगको सिफारिस

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि त्रिपाल खरिदमा भ्रष्टाचार गरेको भन्दै सहरी विकास मन्त्रालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा रु ११ करोड भ्रष्टाचार गरेको भन्दै आयोगले आज सहरी विकास मन्त्रालयका सहसचिव वासुदेव गुरागाईं, सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक शम्भुकुमार केसी, सोही विभागका सिनियर डिभिजन इन्जिनियर नीमकुमार डङ्गोल र प्रमुख लेखा नियन्त्रण नारायण निरौलालाई तत्काल निलम्बन गर्न सिफारिस गरेको हो । 
 
सहरी विकास मन्त्रालयमा सचिव रहनुभएका कार्की हाल भौतिक पूर्वाधार तथा यातायात सचिव हुनुहुन्छ । गत वैशाख २० गतेपछि खरिद गरिएका त्रिपालको गुणस्तर परीक्षण गराउँदा बानियाँ टे«डर्स, हिमशिखर सप्लाई एन्ड टे«डर्स, एसपी इन्टरप्राइजेज, रक्की इन्टरप्राइजेज र बाबा इन्टरप्राइजेजले आपूर्ति गरेको त्रिपाल गुणस्तरहीन रहेको पाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार त्रिपाल कारोबार गर्ने व्यवसायीसँग समन्वय नगरी मन्त्रालयमा स्टेसनरी एवम् मर्मत कार्यमा संलग्न भएकासँग खरिद गरेको पाइएको छ । 
 
सचिव कार्कीलगायतले खरिद गरको त्रिपालको गुणस्तर नभएको, आफूखुसी मूल्य राखेको तथा आफ्ना नजिकलाई मात्रै दिइएको, आवश्यक कानुनी प्रक्रिया नपुर्‍याइएको आयोगको अनुसन्धानबाट खुलेको छ । त्रिपाल खरिदमा गत वैशाख ११ को दरभन्दा बढी दर पाइएको, बढी मूल्य परे सरकारी बाँकी सरह असुलउपर गरिने व्यहोराको कागजातमा दस्तखत गराई भुक्तानी दिने भनी गरेको सर्तसहितको विवरणसमेत समेटिएको छैन । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घले उपलब्ध गराइको खरिद मूल्यलाई समेत मन्त्रालयले अस्वीकार गरी महासङ्घका निर्देशक हंसराज पाण्डेले सहरी विकास मन्त्रालयका कर्मचारी र आपूर्तिकर्तासँग मिलेर आपूर्ति गरिएको भनिएको कोटेसनमा खुलाएको भनिएको हुबहु उतार गरी झुट्ठा विवरण पेस गरेको तथा गलत सूचना सम्प्रेषण गरेको पाइएको आयोगले जनाएको छ । 
 
आयोगले आफ्नो कर्तव्य र मूल्यप्रति बफादार नभई बढी मूल्यमा त्रिपाल खरिद गरेको पाइएकाले खरिद प्रक्रियामा संलग्नलाई कारबाही गर्न सिफारिस गरेको प्रवक्ता पुस्करले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ