arrow

भारतसँगको परनिर्भरता त्याग्नुपर्छ: बिजुक्छे

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
narayan.jpg.jpeg
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालले भारतसँगको परनिर्भरता त्याग्नुपर्ने बताएका हुन् । 
 
आफूले लेखेको पुस्तक ‘नेपाल भारत सम्बन्ध र भारत’ पुस्तकबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘‘जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको विकास एवम् विस्तार तथा देशमै रहेका इन्धन खानीको अन्वेषण एवम् उत्खनन् गर्न सकिएमा भारतसागको निर्भरता कम गर्न सकिनेछ’’ बताए । कार्यक्रममा सहभागी प्राध्यापक एवम् बुद्धिजीवीले पुस्तकका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पुस्तकका बारेमा प्रनेश वाटी, राजन फाँजू, कमिनीका न्याइँच्याइँ, विष्णुप्रसाद किसी र लक्ष्मीप्रसाद कर्माचार्यले चर्चा गरेका थिए ।
 
नेपाल–भारत सम्बन्ध, भारत एक अध्ययन, विविध, आजको सन्दर्भ र भातरका केही सान्दर्भिक तथ्याङ्क गरी पुस्तक पाँच खण्डमा विभाजित यो पुस्तक दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करण २०४२ सालमा प्रकाशन भएको थियो भने दोस्रो संस्करण हालै प्रकाशित भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ