arrow

संशोधनको प्रस्ताव पारित भए मधेस समस्या समाधान हुन्छ:नेता कोइराला

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
शेखर-कोइराला.jpg.jpeg
धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसले ल्याएको संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरी अघि बढ्न सकेमा मधेस समस्या समाधान हुने बताए । धनगढीमा आयोजित काँग्रेस कार्यकर्ताको भेलामा डा कोइरालाले आन्दोलनको नेतृत्व गरिरहेकाबाट मधेस आन्दोलन फुत्किएमा विखण्डनको खतरा रहेको भन्दै यस विषयमा सबै गम्भीर हुनुपर्ने उबताए । 
 
उनले कैलाली कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायका लागि विशेष संरक्षित क्षेत्र बनाएर उक्त समुदायको माग सम्बोधन गर्न सकिने धारणा व्यक्त गरे । काँग्रेसका नेता एवम् सङ्गठन विभागका प्रमुख आनन्दप्रसाद ढुङ्गानाले राजनीतिक परिवर्तनको लडाइँ जितिएकाले अब समृद्ध नेपालका लागि लड्नुपर्ने बताए । 
 
महाअधिवेशन नजिकिएसँगै काँग्रेसका नेताको दौडधुप सुदूरपश्चिममा बढ्न थालेको छ । ढुङ्गानासहितका नेता आसन्न महाअधिवेशनको तयारीका क्रममा पार्टीका स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्न सुदूरपश्चिमका जिल्लाको भ्रमणमा आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ