arrow

जनसम्पर्क समिति पोर्चुगलको अधिबेशन हुँदै, सभापतिमा शर्माको दाबी

logo
भरत प्रधान 
प्रकाशित २०७४ असार २० मंगलबार
Sushil_Sharma_portugal.jpg

लिस्बन (पोर्चुगल)। नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्र्पक समिति पोर्चुगलको पाँचौ अधिवेशन हुने भएको छ ।

समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो । अधिबेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण तथा नयाँ सदस्यता बितरणलाई तिब्रता दिएको छ । पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति भए भने पछिल्लो दुई कार्यकाल अर्थात् हाल लक्ष्मी प्रसाद सापकोटा सभापति रहेका छन् । 

अधिबेशन नजिकीए सँगै सभापति पदमा हालका उपसभापति शुशिल शर्मा गैह्रेले आफुलाई प्रत्याशीका रुपमा उभ्याएका छन् । निरन्तर दुई कार्यकाल उपसभापति भई काम गरेको र सभापतिको अनुपस्थितीमा पटक–पटक कार्यबाहक सभापतिको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै शर्माले आफू स्वभाविक रुपमा सभापति पदको दाबेदार भएको बताएका छन् । आफ्नो दाबी स्वभाविक भएको बताउने शर्माले औपचारिक रुपमा उम्मेदवारी घोषणा भने अझै गरिसकेका छैनन् ।

लामो समयदेखि समितिको नेतृत्व तहमा रहेर सामाजिक गतिबिधीमा सकृय रहेका शर्माले क्षमता र योगदानका आधारमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । सामूहिक र समाबेशी नेतृत्व स्थापीत गर्न तथा समितिको थप क्रियाशीलता र गतिशिलताको लागि पनि आफू सभापति पदको उम्मेदवार भएको शर्माले बताए । अधिकांश साथीहरुको चाहना र अग्रजहरुको सर्मथन पाएकै कारण समितिको नेतृत्वमा आफ्नो दाबी रहेको शर्माको भनाई छ ।

जनसम्पर्क समिति काँग्रेस निकट राजनितीक सँस्था भएपनि पोर्चुगलमा साझा सामाजिक सँस्थाको रुपमा रहेको उल्लेख गर्दै शर्माले समितिलाई अझै सबल, सक्षम र शसक्त बनाउनका लागि ठोस योजनाका साथ आफू अगाडी बढेको स्पष्ट पारे । “समितीको उपसभापतिको रुपमा रहेर मैले धेरै काम गरेको छु । अब साथीहरुले मेरो काम र मेरो योगदानको मूल्याँकन गर्ने समय आएको छ, शर्माले भने – बिगतदेखि नै सहमतीमै नेतृत्व चयन हुदै आएको छ, मलाई बिश्वास छ यसपटक पनि सहमतीमै नेतृत्व चयन हुनेछ । मेरो योगदान र मेरो क्रियाशिलतालाई सही मूल्याँकन गरी अवश्य पनि मलाई नेतृत्वको जिम्मेवारी दिनुहुनेछ ।” 

२०४६ सालको जनआन्दोलनबाट नेपाली कांग्रेसको राजनितीमा सकृय भएका शर्मा नेपाल बिद्यार्थी संघ नवलपरासीका पूर्व जिल्ला सदस्य समेत हुन् । अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ