जनसम्पर्क समिति पोर्चुगलको अधिबेशन हुँदै, सभापतिमा शर्माको दाबी
भरत प्रधान
प्रकाशित २०७४ असार २० मंगलबार
867
Shares
लिस्बन (पोर्चुगल)। नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्र्पक समिति पोर्चुगलको पाँचौ अधिवेशन हुने भएको छ ।
समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो । अधिबेशनलाई लक्षित गरि समितिले यतिबेला सदस्यता नबिकरण तथा नयाँ सदस्यता बितरणलाई तिब्रता दिएको छ । पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति भए भने पछिल्लो दुई कार्यकाल अर्थात् हाल लक्ष्मी प्रसाद सापकोटा सभापति रहेका छन् ।
अधिबेशन नजिकीए सँगै सभापति पदमा हालका उपसभापति शुशिल शर्मा गैह्रेले आफुलाई प्रत्याशीका रुपमा उभ्याएका छन् । निरन्तर दुई कार्यकाल उपसभापति भई काम गरेको र सभापतिको अनुपस्थितीमा पटक–पटक कार्यबाहक सभापतिको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै शर्माले आफू स्वभाविक रुपमा सभापति पदको दाबेदार भएको बताएका छन् । आफ्नो दाबी स्वभाविक भएको बताउने शर्माले औपचारिक रुपमा उम्मेदवारी घोषणा भने अझै गरिसकेका छैनन् ।
लामो समयदेखि समितिको नेतृत्व तहमा रहेर सामाजिक गतिबिधीमा सकृय रहेका शर्माले क्षमता र योगदानका आधारमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । सामूहिक र समाबेशी नेतृत्व स्थापीत गर्न तथा समितिको थप क्रियाशीलता र गतिशिलताको लागि पनि आफू सभापति पदको उम्मेदवार भएको शर्माले बताए । अधिकांश साथीहरुको चाहना र अग्रजहरुको सर्मथन पाएकै कारण समितिको नेतृत्वमा आफ्नो दाबी रहेको शर्माको भनाई छ ।
जनसम्पर्क समिति काँग्रेस निकट राजनितीक सँस्था भएपनि पोर्चुगलमा साझा सामाजिक सँस्थाको रुपमा रहेको उल्लेख गर्दै शर्माले समितिलाई अझै सबल, सक्षम र शसक्त बनाउनका लागि ठोस योजनाका साथ आफू अगाडी बढेको स्पष्ट पारे । “समितीको उपसभापतिको रुपमा रहेर मैले धेरै काम गरेको छु । अब साथीहरुले मेरो काम र मेरो योगदानको मूल्याँकन गर्ने समय आएको छ, शर्माले भने – बिगतदेखि नै सहमतीमै नेतृत्व चयन हुदै आएको छ, मलाई बिश्वास छ यसपटक पनि सहमतीमै नेतृत्व चयन हुनेछ । मेरो योगदान र मेरो क्रियाशिलतालाई सही मूल्याँकन गरी अवश्य पनि मलाई नेतृत्वको जिम्मेवारी दिनुहुनेछ ।”
२०४६ सालको जनआन्दोलनबाट नेपाली कांग्रेसको राजनितीमा सकृय भएका शर्मा नेपाल बिद्यार्थी संघ नवलपरासीका पूर्व जिल्ला सदस्य समेत हुन् । अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्नेछ ।