arrow

कालसर्पयोग र समाधान

logo
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७४ असार २० मंगलबार
chandrakanta-poudel.jpg

आजकल भित्ता भित्तामा अनेक पोस्टरहरु छरपस्टै भेटिन्छन्। कालसर्प योग शान्ति मात्र यति रुपैयाँमा भनेर।  कालसर्प योग रहेछ मेरो त म बर्बाद नै भएछु भन्नेहरु पनि धेरै भेटिन्छन् समाजमा। सामुहिक कालसर्प योगको पूजा गर्नु भन्दै भन्दै रेडियो पत्रपत्रिकामा आउने विज्ञापनको त झन् कुरै छोडौं। कालसर्प योगको यथार्थ रहस्य थाहा नहुनु झन ठुलो महाकालसर्पयोग भएको छ हामि सबैका लागि। ज्यौतिषका केहि नवीन ग्रन्थहरुमा यस योगबारे अनुसन्धान र अध्ययन देखिने गरेको छ ।

कालसर्प योग पर्दैमा सर्वस्व बर्बाद हुने केहि होइन आंशिक समस्या भने झेल्नु नै पर्दछ यसमा विमति छैन। कालसर्प योग अर्थात् संघर्षयोग यानि कि कालसर्प योग परेको व्यक्तिले सामान्य भन्दा बढि दुखको सामना गर्छ हण्डर खान्छ लड्छ तर जब कालसर्प योग परेको व्यक्ति उठ्छ उसले सबैलाई आफ्नो कब्जामा राख्न सफल बन्छ  यति शक्तिशाली योग हो यो योग । यो योग जो पायो त्यसैलाइ पर्दैन असामान्य व्यक्तिलाई असामान्य कर्ममा प्रवृत्त गराउँदछ । यो त ज्यौतिषको ज्ञानको अभावले हामिलाई अनावश्यक चिन्तित गराउँदछ यो योग परेकोमा आफैंलाई भाग्यमानि सम्झिनुहोस्।

राहुकेतोर्यदा मध्ये आयान्ति सप्त ते ग्रहा:।
तं योगं कालसर्पाख्यं योगं मानन्ति ज्यौतिषा:।।
जन्मकुण्डलिमा जब राहु र केतुको बिचमा सूर्य,चन्द्रमा,मंगल,बुध,बृहस्पति, शुक्र र शनि पर्दछन् त्यस्तो अवस्थामा कालसर्प योग बन्ने गर्दछ भन्ने ज्यौतिषीय मान्यता रहि आएको छ। मुख्यत: कालसर्प योग बाह्र प्रकारका भनिएका छन्।

१ अनन्त कालसर्पयोग  
लग्नमा राहु र सप्तममा केतुको स्थिति रहेको खण्डमा शारिरिक समस्या र वैवाहिक समस्या हुन्छ।

२ कुलिक कालसर्पयोग।
द्वितीयस्थानमा राहु र अष्टमस्थानमा केतुको स्थिति छ भने व्यक्तिले आर्थिक नोकसानि र अनावश्यक दुर्घटनाको सामना गर्नुपर्ने स्थिति आउँछ।

३ वासुकि कालसर्पयोग 
तृतीयस्थानमा राहु र नवमस्थानमा केतु छ भने सहोदर दाजुभाई बाट पीडा गराउँदछ र भाग्यहानि गराउँदछ जसले गर्दा  जीवनमा अभागीको उपमा पाउँछन् ।

४ शंखपाल कालसर्पयोग
चिनामा यदि चतुर्थस्थानमा राहु र दशमस्थानमा केतु छ भने भौतिक रूपमा समृद्ध भएता पनि मानसिक रूपमा सदा दुखी बनाउँछ। काम आफैंले गरेता पनि जस अर्काले लैजाने हुनाले अपयशको सामना गर्नुपर्ने देखिन्छ।

५ पद्म कालसर्पयोग 
कुण्डलिमा पंचम भावमा राहु र एकादशस्थानमा केतु छ भने शैक्षिक प्रगतिमा वाधा एवं अनावश्यक धन नाश हुन्छ।

६ महापद्म कालसर्पयोग 
जब शत्रुस्थानमा राहु र व्ययस्थान अर्थात् १२ औं घरमा केतु बस्छ भने शत्रुबाट पीडित र बिखर्चि बनाउँदछ।

७ तक्षक कालसर्पयोग 
सप्तमस्थानमा राहु र लग्नमा केतु हुँदा खेरि जातकले पैतृक सम्पत्तिको सुख पाय: कम पाउँछ स्वयं धनार्जन गर्ने खालको हुन्छ । वैवाहिक जीवन पनि संघर्षमय हुन्छ।

८ कर्कोटक कालसर्पयोग 
अष्टमस्थानमा राहु र धनस्थानमा केतु बसेको छ भने  जागिरमा पदोन्नति ढिला हुने र अनावश्यक रोग व्याधि बाट पीडित बनाउने सम्भावना हुन्छ।

९ शंखचूड कालसर्पयोग
तृतीयस्थानमा केतु र नवमस्थानमा यदि राहु बसेको छ भने यस्तो मान्छेमा नास्तिक पन धर्मविरोधी भावना बढ्ने देखिन्छ भने पापकर्म मार्फत धन कमाउने खालको हुन्छ।

१० घातक कालसर्पयोग
चतुर्थस्थानमा केतु र दशमस्थानमा राहु छ भने दुई नम्बरि काम गरेर पैसा कमाउने पिता संग मनमुटाव गराउने तर आमालाई भने सेवा गर्ने हुन्छ।

११ विषधार कालसर्पयोग
पंचमस्थानमा केतु र एकादशस्थानमा राहु भएको खण्डमा स्मरण शक्तिमा कमि घर परिवारमा विवाद एवं ढिला सफलता प्राप्त हुन्छ।

१२ शेषनाग कालसर्पयोग
षष्ठस्थानमा केतु र द्वादशस्थानमा राहु बसेको छ भने मानसिक उद्विग्नता अनावश्यक मुद्दा मामिलाको सामना गर्नुपर्ने हुन्छ ।

कालसर्प योग यदि हजुरलाई परेको छ भने हजुर आत्तिनु पर्दैन यसले जीवनमा हजुरलाई सामान्य व्यक्तिलाई भन्दा बढि संघर्ष गराउँछ र सामान्य मान्छे भन्दा बढी सफल पनि बनाउँछ 
सुखिन: क्षतृया: पार्थ  लभन्ते युद्धमीदृशम्
अर्थात् जस जसको जीवनमा यस्ता योग हरु छन् उनिहरुले चुनौतिको सामना गरिरहनुपर्दछ । स्मरण रहोस् जीवनमा चुनौति प्राप्त गर्नु भनेको सफलताको द्वार सम्म पुग्नु हो। चुनौति मात्र नभएर अन्ततो गत्वा सफलता नै प्राप्त गर्छन् कालसर्पयोग लिएर जन्मेकाहरुले। 
उद्योगी पुरुष: सिंह: उपकारी तथैव च।
नि:स्वार्थी स्वार्जिते द्रव्ये सुखसन्तोषसंयुत:।।

अधिक परिश्रमी उपकारी पराक्रमी निस्वार्थी आफैं कमाएर खानु  सन्तुष्ट रहनु यो कालसर्पयोग परेका व्यक्तिको विशेषता हो। कालसर्पको आंशिक दुष्प्रभाव झेलिसकेपछि मनुष्यको जीवन राम्रो हुन्छ यसमा सन्देह छैन।

संसारका अधिकांश सफल व्यवासायी,अभिनेता,राजनैतिक व्यक्तित्व,साहित्यकार,संगीतकार हरु पनि कालसर्पयोगमा जन्मेका छन्। हजुर पनि उनिहरुकै उत्कृष्ट समूहमा जाँदै हुनुहुन्छ त्यसैले धैर्यधारण गरेर आफ्नो गन्तव्यतर्फ उन्मुख भैरहनुहोस् कालसर्प योगको दुष्प्रभाव कम गर्नका लागि हनुमान जी गणेश वा शिवजीको आराधना गर्नुहोस् अथवा हजुरले जुन देवतालाई आफ्नो इष्टदेवता मान्नुभाको छ उसैको पूजा गर्नुहोस् किनकि पूजापाठले मन्त्रहरुको श्रवणले सकारात्मक उर्जाको श्रीवृद्धि गर्दछ। विशेष गरेर नागपंचमीको दिनमा नागपूजा गर्न भने न छुट्ट्याउनुहोला।
कालसर्प योगको समाधान हजुर स्वयं हो न बिर्सिनुहोला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ