arrow

बिरामी बचाउनको लागि आफन्तको सहमतिमा मृगौला झिकेका हौं : मनमोहन अस्पताल 

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
manamohan_hospital.jpg

काठमाडौं। प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले ‘पत्थरी जिक्दा मृगौला निकालियो’ भन्ने समाचारपति आपत्ति जनाएको छ । अस्पताल प्रशासनले बिहिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो । अपस्तालका ईमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पथ्थरी उपचारका क्रममा जीवन गम्भीर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारेका हुन् ।

बिरामीको मृगौला सामान्य भन्दा तल मुत्र थैलीतिर झरेको र पथ्थरी निकालि सकिएपछि एक्कासी रक्तश्राप भएको बताउदै डा. जोशीले भने,‘हामीले उहाँको मृगौला नझिकीकनै उपचार र जीवन जोगाउन ठुलो प्रयास गर्यौँ, तर सकेनौ, उहाँको बारेमा हामी निक्कै सम्वेदनशील भयौ, बिरामी पक्षलाई जानकारी गराएर जीवन जोगाउने कि मृगौला निकाल्ने भन्दा उनीहरू जीवन जोगाउने भन्नेमा पुग्नु भयो, अनि हामीले त्यो किड्नी झिकेका हौ, अझै अस्पतालमा त्यो किड्नी सुरक्षित छ, त्यो नक्कली या अरुको हो भन्ने लाग्छ भने डि.एन.ए गर्दा पनि हुन्छ, कानुन छ, हाम्रो गल्ती अप्रेशन गर्नु हुँदै होईन, हाम्रो गल्ति उहाँको परिवार र सन्तानको हितको निम्ति सदासहायता देखाउनेमा पुग्नु गल्ति भएको हो, कानुनले हामीलाई दोषी ठहर गर्छ भने हामी झुण्डिन तयार छौँ ।’

त्यस्तै शल्यक्रियामा संलग्न बरिष्ठ युरोलोजिष्ट प्रा.डा.गुणकुमार श्रेष्ठले आफ्नो कुनैपनि दोष नभएको बताएका छन् । बिरामी रिमालको जीवन जोगाउनको लागि नै यस्तो जोखिम उठाएको बताउदै उनले भने,‘हामीले एक मिनेट मात्रै ढिला गरेको भए उहाँको जीवन समाप्त हुनेथियो, बिरामीका आफन्तसँग अस्पतालले सुरुमै सबै कुरा जानकारी गराएर मात्रै शल्यक्रियामा लिन्छ, बिरामी पक्षले अरुका कुरा सुनेर पछि लफडा झिक्नु भएको हो, सुरुमा आक्रोशमा आउनुभयो, मृगौला हेर्नु मान्नु भएन पनि विभिन्न माग राख्नु भयो, ती माग सम्बोधन गर्नकोलागि अस्पतालले सदासहायता देखियो, आज त्यही सदासहयातालाई हतियार बनाएर हाम्रो बद्नाम गर्ने काम भएको छ, सत्य यही हो, हाम्रो गल्ति छैन्, हामीलाई बद्नाम गर्ने काम भएको छ ।’

उनले अघि थपे, ‘बिरामीको बायाँ तर्फको मृगौलामा रहेको २ सेन्टिमिटर लम्वाई पत्थरीको शल्यक्रिया गर्नुभन्दा पहिले आफन्तसँग बसेर सबै जानकारी गरेर हामीले अप्रेशन गर्यौ, त्यसपछि एक्कासि रक्तश्राप सुरु भयो, शरिरको २५ प्रतिशत रगत मृगौला भएर संचार हुन्छ, मैले अप्रेशनबाट बाहिर निस्किएर बिरामीका आफन्तलाई भवितव्यका बारेमा जानकारी गराएँ, हामीले ठुलो प्रयास गर्यौं तर उहाँको अवस्था सहज ल्याउन सकेनौ, मृगौला निकालेरै भएपनि जीवन बचाउनेमा हामी लाग्यांै, त्यसको परिणाम आज हामीलाई तस्करीजस्तो जघन्य अपराधी भनिँदैछ यो सरासर गलत हो।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ