arrow

उपप्रधानमन्त्री श्रेष्ठ र चीनियाँ टोलीबीच भेट, दरबार हाईस्कूल पुनर्निर्माणबारे चासो

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
meeting_chinese_krishnagopal.jpg

काठमाडौं । उप–प्रधानमन्त्री एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपालकालागि चीनका डेपुटी चिफ अफ मिसन याङ सी चाओवीच शिष्टाचार भेट भएको छ । शिक्षामन्त्रालयमा भएको भेट कार्यक्रममा नेपाल र चीनवीचको कुटनैतिक सम्बन्ध, एक आपसको मित्रता र आर्थिक विषयबारे छलफल भएको हो । 

२०७२ सालमा आएको महाभुकम्पपछि चीन सरकारले तत्काल गरेको सहयोग र पूनर्निर्माणकालागि त्यसयता गरेको निरन्तर सहयोगकालागि उप–प्रधानमन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए । त्यस्तै चीन सरकारले नेपाली विद्यार्थीलाई दिदै आएको छात्रवृत्ति कार्यक्रमबाट नेपाली बिद्यार्थीलाई सहयोग पुगेकाले शिक्षा क्षेत्रमा थप कार्यक्रम ल्याउन पनि सुझाव दिएका थिए । 

त्यस्तै भुकम्पपछि बन्द भएको चीनसंगको मूख्य नाका तातोपानी नाका खुलाउनेवारे पनि छलफल भएको छ भने नेपालकै पुरानो स्कुल दरबार हाई स्कुलको पुर्ननिर्माणकालागि पनि चीनले चासो व्यक्त गरेको छ । नेपालस्थित युनेस्को कार्यलयका अध्यक्षसमेत रहेका शिक्षामन्त्री श्रेष्ठलाई टोलीले औपचारिक रुपमा चीन भ्रमणको निम्तो समेत दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ