काठमाडौं । नाकाबन्दीपछि अहिले सम्मकै सवैभन्दा धेरै ग्यास एकैचोटी भित्रिएको छ । गत असोज सात गतेपछिकै सवै भन्दा धेरै ग्यास गएराती काठमाडौ भित्रिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार गएराती २४ घण्टाको अवधिमा ९ हजार ८ सय २४ ग्यास सिलीण्डर भित्रिएको छ । अहिले सम्मकै धेरै ग्यास सिलीण्डर भित्रिएको भएपनि पर्याप्त भने नभएको निगमको भनाई छ । केहीदिन देखि ग्यास आउने क्रम बढेकाले अव विस्तारै सहज हुने निगमले जनाएको छ ।
सागर ग्यासको ३ बुलेट, नेपाल र सूर्य ग्यासको २र२ बुलेट सहित विभिन्न कम्पनीका ९ हजार ८ सय २४ ग्यास सिलिण्डर काठमाडौ भित्रिएको हो ।