arrow

अनुष्काले भनिन् - 'शाहरुख मर्न तयार छन् तर यस्तो गर्दैनन्'

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
anuska_skh.jpg

एजेन्सी ।बलिउड अभिनेत्री  अनुष्का शर्मा र शाहरुख खान इम्तियाज अलीको चलचित्र 'जब हेरी मेट सेजल' मा देखिदैछन् । यो भन्दा पहिले  किंग खानसँग दुई चलचित्रमा अभिनय  गरेकी अनुष्काको यो तेस्रो चलचित्र हो । शाहरुखको बानिसँग परिचित अनुष्काले  चाहे संसारको कुनै कुनामा जतिनै चिसो होस तर शाहरुख शरीर न्यानो बनाउने (बडि बार्मर) लगाउदैनन् भनेकि छन् ।

भारतिय एक अनलाइनसँगको कुराकानिमा अनुष्काले भनिन् " यहि बिषयमा मैले  शाहरुख खानसँग सोधेको थिए उनले भने जे सुकै होस् वा मृत्यु नै किन नहोस , म बडि वार्मर लगाउने छैन् ।  " अनुष्काका अनुसार शाहरुखले  कुनै पनि चलचित्रको सुटिङका क्रममा बडि वार्मरको प्रयोग गरेनन् ।

साथै अनुष्काले  शाहरुखको अर्को कुराको पनि खुलासा गरेकि छन् । उनले शाहरुखले सुटिङमा प्रयोग गर्ने गाडि (वेनिटि) मा पांच सात बर्ष पुराना कुरा पाइन्छ भनेकी छन् ।  किनकि शाहरुख ती बस्तुलाई आफैसँग लिएर हिड्न रुचाउछन् । यहाँ सम्म की शाहरुखको बडिगार्डलाई पनि  सबै कुरा थाहा हुन्छ उनलाई कुन समय ति सामानको आवश्यकता पर्नेछ भनेर ।  अनुष्का र शाहरुखले 'रब ने बना दी जोडि', 'जब तक हे जान' जस्ता चलचित्रमासँगै काम गरेका छन् ।

 'जब हैरी मेट सेजल'  अगस्ट ४ मा रिलिज हुदैछ । यसपछि  शाहरुख र अनुष्का आनंद एल रायको चलचित्रमा देखिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ