नवौं 'डि सिनेमा अवार्ड' सम्पन्न, ११ वटा विधामा छक्कापञ्जा उत्कृष्ट
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ असार २३ शुक्रबार
293
Shares
हेटौँडा । हेटौंडाको छायाछवि क्रियशनको आयोजनामा बिहिबार राती ओम्याक्स सिनेमा हलमा भव्य समारोहका बिच विभिन्न ३४ वटा विधामा नवौं डी सिनेमा अवार्ड वितरण गरिएको छ । गत वर्ष पोखरामा वितरण गरिएका यो अवार्ड यो बर्ष हेटौँडामा आयोजना गरिएको हो । चलचित्र छायाँकनको हबको रुपमा परिचित सुन्दर नगर हेटौँडा र समग्र मकवानपुरलाई थप परिचित गराउने सोच सहित छायाँछवी क्रिएशनले यो कार्यक्रम हेटौँडामा आयोजना गरेको हो ।
विभिन्न ३४ वटा विधामा अर्वाड प्रदान गरिएकोमा यो वर्ष उत्कृष्ट चलचित्र घोषित हुदै विभिन्न विधागरी ११ वटा विधामा छक्कापञ्जाले अवार्ड हात पारेको छ । हाँस्य कलाकारले भरिएको हाँस्यप्रधान नेपाली कथानक चलचित्र छक्का पञ्जाले एघार वटा विधाको मनोनयनमा परी डि सिनेमा अवार्ड हात पारेको छ । उत्कृष्ट हास्यकलाकारको विधामा मनोनयनमा परेका अन्य चारलाई पछि पार्दै छक्कापञ्जाका हाँस्यकलाकार केदार घिमिरेले अवार्ड प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट खलपात्र र संवाद छक्कापञ्जाबाटै दीपकराज गिरी, उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज, उत्कृष्ट गायक कृष्ण काले, उत्कृष्ट संगीतकार दीपक शर्मा, उत्कृष्ट नव निर्देशक दीपाश्री निरौला, उत्कृष्ट सम्पादकमा विपीन मल्ल, उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान, उत्कृष्ट अभिनेत्री प्रियङ्का कार्की र उत्कृष्ट चलचित्रको रुपमा छक्का पञ्जा बनी ११ वटा विधामा अवार्ड प्राप्त गरेको हो ।
त्यसैगरी, उत्कृष्ट एनिमेशनको अवार्ड द फेमस चलचित्रबाट मधुकर बलामीले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड जात्रा चलचित्रबाट मनोजराज भण्डारी, उत्कृष्ट पाश्र्व सङ्गीतकोे अवार्ड गाजलु चलचित्रबाट शैलेश श्रेष्ठ, उत्कृष्ट केमियोको अवार्ड लुट २ बाट निश्चल बस्नेत, उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड चलचित्र निर्भयबाट हिमाल केसी, उत्कृष्ट बालकलाकारको अवार्ड ‘चलचित्र छाँया बाट साइब्रत आचार्य, उत्कृष्ट निर्देशकको अवार्ड गाजलु चलचित्रका हेमराज बिसी, उत्कृष्ट अभिनेताको अवार्ड जात्रा चलचित्रका विपीन मल्ल, नव नायकको अवार्ड 'के म तिम्रो होइन ?' र चलचित्रका आर्यन अधिकारी, नवनायिकाको अवार्ड गाजलु चलचित्रकी श्रृष्टी श्रेष्ठ, चरित्र अभिनेताको अवार्ड वीरविक्रम चलचित्रबाट शिशिर राणा, चरिच अभिनेतृको अवार्ड के म तिम्रो होइन र चलचित्रबाट गौरी मल्ल, सहअभिनेताका अवार्ड कृतिमा आधारित चलचित्र तीन घुम्ती चलचित्रबाट सुशान्त कार्की, सहअभिनेतृको अवार्ड 'म तिम्रै हुँ' बाट सुस्मिता केसीले प्राप्त गरिन् ।
उत्कृष्ट कथाको अवार्ड पूरानो डुङ्गा चलचित्र बाट रामबाबु गुरुङ, उत्कृष्ट पटकथाको अवार्ड गाजलु चलचित्रबाट हेमराज बिसी, उत्कृष्ट गायिकाको अवार्ड लुट २ चलचित्रबाट मीना निरौला, उत्कृष्ट गीतकारको अवार्ड के म तिम्रो होइन र चलचित्रबाट आकाश अधिकारी ले प्राप्त गरे । यस्तै जुरी अवार्डबाट तीन घुम्ती सम्मानीत भएको छ भने ३ बिधामा रहेको किटिक्स अवार्डबाट जात्रा का निर्देशक प्रदिप भट्टराई झुम्की चलचित्रका अभिनेता मनोज आरसी, र पूरानो डुङ्गा चलचित्रकी अभिनेत्री मेनुका प्रधान सम्मानित भए भने ईनकरेज अवार्ड र प्बलिक चोइन अवार्डबाट क्रमश मिलन चाम्स र काली प्रसाद बास्कोटा सम्मानित भए ।
त्यसैगरी छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ बाट बरिष्ठ सङ्गीतकार एवम् गायक शम्भुजित बासकोटा सम्मानित भए । चलचित्रकर्मी रजत सम्मान २०७४ बाट अभिनेता सरोज खनाल सम्मानित भएका छन भने अभिनेत्री तर्फ रुपा राना सम्मानित भइन् । छायाछवि क्रियशनकले प्रदान गर्नै छायाछवि चलचित्र पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण सुवेदी पुरस्कृत भएका छन् । पत्रकारितामार्फत चलचित्र क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै सुवेदीलाई ९ हजार ९ सय ९९ रुपिया नगद तथा तामपत्रबाट पुरस्कृत गरिएको हो ।
अर्नाड कार्यकमामा छायाछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले ३ वटा डिजिटल चलचित्रबाट शुरु गरिको यो अवार्ड ५५ वटा चलचित्रहरुले भाग लिई विभिन्न ३४ वटा विधामा अवार्ड प्रदान गरिने अवस्था सम्म आईपुगेको स्मरण गराउदै आगामी दिनहरुमा कला क्षेत्रमा रुपमा झन बलियो हुने बताए । अवार्ड बितरण कार्यक्रममा पूर्वराज्य मन्त्री , संसद, जनप्रतिनिधी देखी, सरकारी उच्च आहोदाका व्यक्तीहरु सहित १ सय ५० भन्दा बढी कलाकारको सहभागीता रहेको थियो । अवार्ड वितरण समारोहमा विभिन्न कलाकारले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।