arrow

लेखकले पाठकलाई आफू सँगसँगै डुलाउनुपर्ने

logo
प्रकाशित २०७४ असार २४ शनिबार
lokarpan.jpg

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नियात्राकार विनोद खड्काको नियात्रा कृति ‘ओला’ को विमोचन गर्दै नेपाली साहित्यको उत्थानका लागि भाषासेवीको अथक परिश्रम आवश्यक भएको बताएका छन् ।  

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको कार्यक्रममा उनले साहित्यमा नियात्राको छुट्टै विधात्मक महत्व रहेको बताए । कृतिमा पोल्यान्डकी २१ वर्षीया युवती अलेक्जेन्डरिया ओलासँगको घुलमिललाई आधार बनाइएको छ । 

समालोचक डा लक्ष्मणप्रसाद गौतमले नियात्रामा लेखकले आफन्तसँगको भेटघाट र त्यससँग सम्बन्धित तस्बिर राख्नेजस्ता विकृति बढेको बताए । 

नियात्राकार युवराज नयाँघरे र दामोदर किशोर तथा नियात्रा समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराई र समाजका नेपाल अध्यक्ष राधेश्याम लेकालीले लेखकले पाठकलाई आफू सँगसँगै डुलाउन सकेमा मात्र नियात्राकार आफ्नो परीश्रममा सफल हुने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ