arrow

दोलखा क्षमावतीका राजकुमारको उपचार सहयोगका लागि पिता कुमारले गरे आग्रह

logo
प्रकाशित २०७४ असार २४ शनिबार
rajkumar-subedi-cancer-patient.jpg

काठमाडौं।  ढाडको तल्लो भागको हड्डीमा क्यान्सर भएका छोराको रोगको पहिचान गरि उपचार गराउँदा पैसा सकाएका एक पिताले छोराको जीवन रक्षाका लागि अपिल गरेका छन्। दोलखा भिमेश्वर नगरपालिका वडा नम्वर १ साविकको सुस्पा क्षमावती वडा नम्वर ४ का कुमार सुवेदीले आफ्नो १७  बर्षिय छोरा राजकुमार सुवेदीको जीवनरक्षाका लागि अपिल गरेका हुन्। राजकुमारको अहिले क्यान्सरको उपचार भइरहेको छ।

कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण बीचैमा विद्यालयको अध्ययन छोड्न वाध्य भइ परिवारलाई आर्थिक रुपमा सघाउन थालेका राजकुमार परिवारलाई नै थेग्न नसक्ने आर्थिक भार पर्ने रोग लागेर परिवारले पाएको तनावबाट चिन्तित छन्। 

आफू विमारी भएको करिव ३ महिनामा उनका मातापिताले दुख गरि जम्मा गरेको सबै रकमले नपुगेर ऋण समेत गरेका देखेका उनको नेपाल र भारतमा गरि करिव ७ लाख रुपैया लगिसकेको छ। पेशा व्यवसायमा लाग्नु अघी नै बुढा हुँदै गएका मातापिता तनावमा परेको देखेर रोगको पीडासँगै थप पीडा हुने गरेको राजकुमार बताउँछन। 

जिन्दगीभरको कमाइ र ऋण गरेर भएपनि रोगको पहिचान गरि अहिलेसम्मको उपचार गराएका उनका पीताले  रुँदै भने, ' छोराको उपचार जसरी पनि गर्नु त पर्ने हो तर उपचारको खर्च कसरी जुटाउनु? कहाँबाट पैसा ल्याएर छोराको उपचार गराउनु?'

छोराको उपचारका लागि परिवार पुरै काममा लाग्दा ६ महिनाको हातमुख जोर्ने धान फल्ने खेत बेच्नु पर्ने अवस्थामा पिता कुमार पुगेका छन्। छोरो विसेक हुने भए त्यहि खेत पनि बेच्न तयार भएका उनले त्यसपछि भने उसैलाई जाउलो खुवाउने धानखेत नरहने भएकोमा चिन्ता व्यक्त गरे।  

छोराको स्वास्थ्यको लागि खेतै बेच्न तयार सुवेदीले सहृदयी मनहरुलाई सहयोगको आग्रह गरेकाछन। उनले छोराको उपचारका लागि दोलखा चरिकोटको राष्ट्रिय वाणिज्य बैङकमा एक खाता समेत सञ्चालनमा ल्याएका छन्।  इच्छुकहरुलाई उनले आफ्नो छोराको उपचारमा सहयोग गर्न अपिल गर्दै १६१०००२८६६१०को खातामा सहयोग रकम हस्तान्तरण गर्न आग्रह गरेका छन्।

के भएको थियो राजकुमारलाई?
२०७४ वैशाखमा ढाड दुखेको भनेर अस्पताल गएका राजकुमार सुवेदीको काठमाडौं सिनामङगलको केएमसी अस्पतालमा गरिएको जाँचपड्तालमा क्यान्सरको आशंका गरिएको थियो। क्यान्सरको आशंकापछि सुवेदी भरतपुर विपी क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका थिए। राम्रो उपचारका लागि भरतपुर पुगेपनि त्यहाँ उनले सोचेजस्तो न उपचार पाए न सल्लाह नै । क्यान्सर अस्पतालका डाक्टरहरुले  उपचार शुरु नगरि दिल्ली गएर उपचार गराउन भन्दै पठाइदिए । 

सामान्य आर्थिक अवस्था भएका सुवेदीको परिवारले छोरालाई उपचारका लागि भरतपुरका डाक्टरको सल्लाह वमोजिम सकि नसकि भारत लगे । दिल्लीका एम्स र म्याक्स अस्पतालमा रोग पत्ता लगाउने काम भयो। करिव २० दिनमा अनेक चेकजाँच र बसाइमा पैसा सकाएका उनको परिवार त्यतिखेर झसङग भयो जतिखेर उनको ढाडको तल्लो भागको हड्डीको क्यान्सर भएको डाक्टरी रिपोर्ट आयो। भारतमै एम्समा उपचारका लागि महिनौ पालो पर्खुनपर्ने भएर नीजि अस्पतालमा समेत पुगेका सुवेदी परिवारले त्यहाँ उपचारको लागि छुट्ट्याएको रकम सकेको थियो। भारतमै थप उपचारका लागि उनीहरुले त्यहाँ बस्ने आँट निकाल्न सकेनन्। 

महंगो उपचार खर्च व्यहोर्ने नसकेपछि राजकुमारलाई लिएर परिवार नेपालै फर्कियो। सरकारले क्यासन्सरको उपचारमा एक लाख रुपैयाँको औषधी खर्च निशुल्क गरेपनि उपचारमा लाग्ने विभिन्न  खर्चको भार भने अब उठाउन नसक्ने अवस्थामा सुवेदी परिवार पुगेको छ। 

नेपालमा वीर अस्पतालमा भर्ना भएर दुई साइकल किमो लिइसकेका राजकुमार थप पीडाबाट समेत गुज्रिएका छन् । मुत्रथैलीमा समेत समस्या भएर नेशनल क्यानसर अस्पताल जावलाखेलमा उपचार गराईरहेका छन्। 

सहयोगको आग्रह
किशोर अवस्थामै क्यान्सरबाट पीडित भएका राजकुमारको उपचारका लागि उनका परिवारलाई स्थानियहरुले पनि सहयोग गर्ने वचन दिएका छन्। तपाइ पनि राजकुमारको जीवन रक्षाका लागि सानो भएपनि सहयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाइले राष्ट्रिय वाणिज्य बैङक चरिकोट शाखाको १६१०००२८६६१०को खाता नम्वरमा सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो सहयोगले राजकुमार फेरि उपचार सकाएर काममा फर्कन सक्छ। बुढा हुँदै गएका आमाबाको बुढेकालको लाठी बन्न सक्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ