arrow

बागमती हेरेपछि सन्तुष्ट भए राजेश हमाल, शिव श्रेष्ठ

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
rajesh-n-shiva.jpg.jpeg
काठमाडौं । आगामी शुक्रबारबाट बहुप्रतिक्षित फिल्ममध्येको एक ‘बागमती’ अल नेपाल रिलिज हुँदैछ । यो फिल्मका प्रमुख कलाकार महानायक राजेश हमाल, एक्सन किङ शिव श्रेष्ठसहित फिल्म युनिटले मंगलबार एकसाथ राजधानीको कुमारी हलमा फिल्म हेरे । फिल्म हेरेपछि आफुहरुले गरेको कामबाट हमाल र श्रेष्ठ सन्तुष्ट त थिए नै, फिल्मको प्राविधिक पक्षबाट झन प्रभावित बने । 

‘पहिला पहिला त साउथ ईण्डियन प्रविधि जोडिएको फिल्म कस्तो बनेको होला भन्ने कौतुहलता मेटिएको छ, फिल्म उत्कृष्ट बनेको छ’ हमालले भने । राष्ट्रिय महत्वको विषय बोकेको ’बागमती’ नदी सरसफाईसँग समेत जोडिएको यो फिल्म ऐतिहासिक बनेको उनको भनाई थियो । राजेश अर्को फिल्मको सुटिङ रोकेर नै बागमती हेर्न हलमा आएका थिए । हमालले मोफसलमा समेत पुग्दा ’बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे ।

अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ‘सस्पेन्स’, ‘थ्रिलर’, ‘ईमोशनल’ प्रकृतिको ‘बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे । ‘सन्नी केरला जस्तो निर्देशक नेपालमा १० बर्ष अगाडि प्रवेश गरेको भए, नेपाली फिल्म उद्योगकै कायापलट हुन्थ्यो, २ दशक लामो करियरमा पहिलो पटक खास निर्देशकसँग काम गरेको अनुभुति भयो’ श्रेष्ठले ठोकुवासाथ भने । फिल्म ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्मका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् । यस फिल्ममा अधिकांश दक्षिण भारतिय प्राविधिक र प्रविधी प्रयोग गरि छायांकन गरिएको छ ।फिल्ममा राजेश हमाल, शिव श्रेष्ठ,रविकर घिमिरे, श्रेया कार्की,  कञ्चन ठकुरी, केकी अधिकारी , ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ