arrow

परेश रावल ‘नरेन्द्र मोदी’को अवतारमा

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
modi-pareshrawel.jpg.jpeg
मुम्बई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर बन्न लागेको फिल्ममा परेश रावलले प्रमुख भूमिकामा अर्थात मोदीको भूमिका निभाउने भएका छन् । यो कुराको पुष्टि रावलले आफैले गरेका छन् ।

‘म नरेन्द्र मोदीको जीवनमा आधारित रहेर बन्न लागेको फिल्ममा मोदीको भूमिका निभाउँदैछु, यो फिल्मको स्क्रिप्टमा काम भएको थियो तर अब स्क्रिप्ट पनि पुनर्लेखन हुँदैछ । यदि स्क्रिप्टले मोदीको चरित्रलाई न्याय दिन्छ भने म त्यो भूमिका गर्न तयार छु ।’ उनले भनेका छन् ।

दुई वर्ष अघि गुजरातका फिल्ममेकर मितेश पटेलले नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बनाउने योजना खुलाएका थिए । फिल्ममा मोदीको चिया पसलको जीवनदेखि गुजरातको मुख्यमन्त्रीसम्मको यात्रालाई प्रस्तुत गरिएको छ । तर बीचमा केही कारणले गर्दा फिल्मको काम अघि बढ्न सकेको थिएन । गुजरातको मुख्यमन्त्रीसम्मको कथा प्रस्तुत गर्ने भनिए पनि फिल्मको स्क्रिप्टलाई पुनर्लेखन गरेर प्रधानमन्त्री हुँदासम्मको अवस्थालाई प्रस्तुत गर्ने योजना बनाइएको छ। 

त्यसो त मोदीकै जीवनमा आधारित अर्को फिल्म पनि बन्ने भएको छ । जसमा विक्टर बनर्जी मोदीको भूमिकामा देखिँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ