arrow

'सङ्कटबाट गुज्रिरहेको म्याड्रिडलाई प्रशिक्षण दिनु जटिल'

कठिन यात्रा-उत्साहित जिदान

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Zidan.jpg.jpeg

म्याड्रिड (स्पेन)। विश्व फुटबलका प्रसिद्ध खेलाडी जिनेदिन जिदानले आफू रियल म्याड्रिडको प्रशिक्षक भएपछि पत्रकारसँगको कुराकानीमा रियल म्याड्रिडलाई प्रशिक्षण गर्नु निकै जटिल कार्य रहेको बताएका छन्। स्पेनिश क्लब रियाल मड्रिडले प्रशिक्षक राफा बेनिटेजलाई बर्खास्त गरे पछि ५५ वर्षीय स्पेनिश प्रशिक्षक बेनिटेजको ठाँउमा फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदान प्रशिक्षक बनेका हुन् । 

स्पेनिश क्लब रियाल मड्रिडले प्रशिक्षक राफा बेनिटेजलाई बर्खास्त गरेको छ । ५५ वर्षीय स्पेनिश प्रशिक्षक बेनिटेजको ठाँउमा फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदान प्रशिक्षक बनेका छन् । 

सोमबार प्रशिक्षकमा नियुक्ति भएपछि स्पेनको राजधानी म्याड्रिडमा मङ्गलबार भएको पहिलो पत्रकार भेटमा जिदानले भने - 'सङ्कटबाट गुज्रिरहेको म्याड्रिडलाई प्रशिक्षण दिनु एक जटिल कार्य रहने छ । तर म्याड्रिडमा प्रशिक्षकको भूमिकामा काम गर्न पाउनुले आफू उत्साहित रहेकुछु।' 

बेनिटेजको ठाँउमा आएका जिदान यसअघि रियाल मड्रिडकै जुनियर टिमका प्रशिक्षक थिए । यो भन्दा पहिले जिदानले लामो समय रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेले ।

म मेरो अधिकतम मेहनत म्याड्रिडलाई उपाधि जिताउनमा लगाउने छु, जिदानले भने । 

फ्रान्सेली प्रसिद्ध फुटबल खेलाडी जिदानको नेतृत्वमा फ्रान्सले विश्व फुटबलमा उत्कृष्ट नतिजा दिन सफल भएको थियो । एएफपी 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ