arrow

गृहमन्त्री जनार्दनजी अझै कति काट्न लगाउँछौ विपक्षीलाई ?

logo
अन्जन के. सी.,
प्रकाशित २०७४ असार २५ आइतबार

१० वर्षे स-शस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा राजतन्त्र अन्त्य भएर देश गणतन्त्रमा प्रवेश गर्‍यो। अब विस्तारै नेपाल प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका संघीय स्वरुपमा अगाडी बढ्दै छ। नेपालको शासन प्रणाली केन्द्रित राज्य ब्यबस्थाको अन्त्य संगै अब बिकेन्द्रिकृत राज्य ब्यबस्थामा प्रवेश गरेको छ। सिंहदरबारको अधिकार स्थानीय निकायमा पुर्याइएको छ। तर पनि नेपाली जनताले अझै गणतन्त्रको स्वाद चाख्न पाएका छैनन् । 

रुकुम खारा होस् या अर्घाखाँचीको सन्धीखर्क होस् या सिन्धुलीको भिमान, जुम्लाको खलंगा होस् या रोल्पाको लिवाङ्ग स-शस्त्र द्वन्दका समयमा बन्दुकका गोलीहरुले घर-घरका भित्ताहरुमा लागेर बनेका दाग अझै जस्ताको त्यस्तै छन्, कति त्यस्ता दागहरु घरका भित्ताबाट मेटिएका छैनन् । अझ उस्तै छन् अझै याद दिलाई रहेका छन्। गणतन्त्रको स्थापना पश्चात ६ /७ वटा सरकार बने न त कसैले कथित युद्धका घाउहरु मेटाउन सके । न त घाउहरुमा मलम नै लगाउन सके। पात्र फेरिए, अवस्था फेरियो तर ब्यबस्था फेरिन सकेन । मन भित्रका पीडाहरु, आफन्त गुमाउनुको पीडाहरु , अपाङ्गका पीडाहरु ,अनि वेपत्ता भएका परिवारजका सदस्यको आँखा अगाडि आइरहने यादका श्रृंखलाहरू जस्ताको त्यस्तै छन् । रगतका खोलाहरु बगेका सडक ,चोक र गल्लीहरु तथा पीडाका कथाहरू अझै पनि गणतन्त्रको आभासको आशामा दौडिरहेका छन्।

अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको गणतन्त्र के को लागि?
१० बर्से जनयुद्धमा परिवर्तनका नाममा सुनौलो भबिस्य बोकेर समातिएका कलमहरु खोसेर युद्धमा होमिन बाध्य बनाईएका सहयोद्धाहरु अहिले मलेसिया, दुवई, साउदी र कतारमा ५५ डिग्रीको तापक्रममा पसिना बगिरहेका छन्। १० बर्से जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए , कैयौ बेपत्ता भए, कैयौं बालबालिका टुहुरा भए। कैयौ नेपाली आमाको काख रित्तियो त कैयौको सिउदोको सिदुर खोसियो यो सबै के को लागि ? बन्द बाकसमा नेपाली युबहरुका लास आउन कहिले रोकिन्छ ? बेपत्ता पारिएका आफन्त कहिलेसम्म न्यायको आशामा बस्ने ?अपाङ्ग शरीर बोकेर, आशा र भरोसा बोकेर, ठगीएर, हेपीएर, इज्जत लुटिएर, बेचिएर कहिले सम्म खोजी रहने ठाडो शीर सहितको परिवर्तन र गणतन्त्र ? यो विषयमा कुनै दिन कुरा गरमला । 

आज म तपाईलाई तपाईकै गृहजिल्ला रुकुममा माओवादी केन्द्र नामधारी सताब्दीका कलंकहरुबाट भइरहेको जघन्य अपराध र तपाईको संरक्षणमा रही ज्यानमार्ने उद्धेश्यले भइरहेको तपाईका कार्यकर्ताको हर्कतबारे जानकारी गराउँदैछु । गृहमन्त्रीज्यू तपाई समेतको नेत्तृत्वमा भएको १० बर्से जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए कैयौ बेपत्ता भए, कैयौं बालबालिका टुहुरा भए भने कैयौ नेपाली आमाको काख रित्तियो त कैयौको सिउँदोको सिन्दुर खोसियो। फरक राजनीतिक विचारधारा बोकेर हिडेका कैयौ रुकुमेली नागरिकहरु तपाईहरुको राजनीतिक सिकार बने । तपाइलाई थाहा छ परिवारको पेट पाल्न आफ्नो काममा हिडेका कैयौ नागरिक घरमा रहेका परिवारको भोको पेट भर्न नपाउदै फरक राजनीतिक विचारकै कारण तपाईहरुको सिकार बने । कैयौ सुनौलो भबिस्यको सपना देखेर स्कुल गएका विधार्थी स्कुलबाट घर फर्किएनन् । 

तपाईले कति निर्दोष नेपालीको रगतमा होलि खेल्नु भएको छ तपाईसंग त्यसको केहि लेखाजोखा छ गृहमन्त्रीज्यू। १० बर्से जनयुद्धमा तपाईसंगै लडेका सहयोद्धाहरु अहिले कहाँ के गर्दै छन् तपाईलाई थाहा छ। गृहमन्त्रीज्यू म विगतका कुराहरु धेरै लेखन चाहन्न ।अहिले तपाई हत्याहिंसाको राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा हुनुहुन्छ । त्यो पनि नेपाल सरकारको जिम्मेवार पदमा हुनुहुन्छ। केका लागि भएको थियो त्यत्रो हत्याहिंसा के यसको जबाफ तपाईसंग छ । त्यति धेरै मानिस मारिएको र त्यति नै ठुलो संख्यामा बेपत्ता पारिएकोमा तपाइले जबाफ दिनुपर्दैन । अब जबाफको त कुरै छोडौ तपाईहरुलाई निर्दोष नेपाली जनताको रगतमा होलि खेल्न अझै तपाइहरुलाई पुगेको छैन रहेछ । 

गत हप्ता रुकुमको पुथा उत्तरगंगामा तरुणदलका अध्यक्ष नबीन बुढालाई घरमै सुतिरहेको अवस्थामा ज्यानमार्ने उद्धेश्यले हमला भयो । के गृहमन्त्रीकै रुकुमेली जनताले अझै पनि फरक विचारधारा लिएर हिड्न पाउने अधिकार छैन ? के स्वतन्त्रतापुर्बक आफ्नो बिचार राख्ने आधिकार छैन ? कहिलेसम्म यस्ता व्यक्तिलाई संरक्षण गरेर राख्नुहुन्छ? अबको तपाइको राजनीतिक भबिस्यको निर्धारण गर्ने दिन आएको छ। के यहि माओवादीको राजनीति हो ? 

तपाई माओवादी केन्द्रकै नेता र नेपाल सरकारको गृहमन्त्री जस्तो जिम्मेवार पदबाट नै भन्नुहोस त । यसको जबाफ छ भए रुकुमेली जनतालाई दिनुहोला । राजनितिमा यस्तै गर्नुपर्छ पाईन्छ भन्दैमा अर्काको जिउ ज्यान र शरिर मासेर मात्र नष्ट गरेर मात्र तपाइको राजनिति सफल हुने हो ? माओवादी केन्द्र नामधारी सताब्दीका कलंकहरु तिमीहरुलाई रुकुमेली माटोले धिक्कार्ने छ । तिमिहरुले अंगालेको बाटो अनी चिन्तनलाइ ।। 

गृहमन्त्री ज्यु तपाइले २०७० सालको ससदीय निर्वाचन कति मत ल्याएर जित्नु भएको थियो थाहा नै होला नी। २० हजार वा सो भन्दा माथि नै होला। यो रुकुम २ नं क्षेत्रको मात्र हो अब म तपाइलाई स्थानीय निर्बाचनको बारेमा जानकारी गराउँछु।

मुसिकोट नगरपालीका - माओवादी केन्द्र ४३५० , नेका ४१३४, चौरजहारी नगरपालीका - माओवादी केन्द्र ५४२० , नेका १०६९ , आठविसकोट नगरपालीका - माओवादी केन्द्र ५६२९ , नेका ३५९४ , बाँफिकोट गाउँपालीका - माओवादी केन्द्र ३५६८ , नेका २८१३ , त्रिवेणि गाउँपालीका - माओवादी केन्द्र ३९५८ , नेका २६६२ , सानीभेरी गाउँपालीका - माओवादी केन्द्र ४६५० , नेका २६१४, पुथाउत्तरगंगा गाउँपालीका - माओवादी केन्द्र २५५१ , नेका १२६४, भुमे गाउँपालीका - माओवादी केन्द्र ३४८२ , नेका १७६४ गरि जम्मा माओवादी केन्द्र-३३६०८ र नेका- १९९५४ मत रहेको छ। अरु दलहरुको मत यसमा जोड्न बाकी नै छ ।

गृहमन्त्रीज्यू २०७० सालको ससदीय निर्वाचनमा तपाइको मत २० हजार वा सो भन्दा माथि नै थियो होला सायद यो रुकुम २ नं क्षेत्रको मात्र हो। अब तरुन दल पुथाउतरगगा गाउपलिकाका अध्यक्ष नवीन बुढालाई गत हप्ता तपाईका माओवादी केन्द्र कार्यकर्ताले ज्यान मार्ने उदेश्यले राती सुतिरहेको अबस्थामा निर्घात रुपमा कुटपिट गरि गम्भीर घाइते बनाउनेहरुलाई कस्तो कारबाही हुन्छ? अहिले गृहमन्त्रीको पदमा हुनुहुन्छ । त्यसैले नै तपाइको राजनीतिक भबिस्य निर्धारण गर्नेछ।

(केसी बाँफिकोट गाउँपालिका रुकुमका वासिन्दा हुन्। )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ