- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी जुलाई १५ तारिखदेखि संयुक्त अरब इमाइरेट्स युएईमा हुने एएफसी यु–२३ छनोट कप फुटबल खेल्ने नेपाली टिमको छनोट भएको छ ।
नेपाली टिमका लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले २३ सदस्यीय नेपाली टोलीको छनोट गरेका हुन् ।
२३ सदस्यीय नेपाली टोलीको कप्तानी बिमल घर्ती मगरले गर्ने छन् । त्यसैगरी अनन्त तामांगले उपकप्तानी सम्हाल्ने छन् । टिममा १० जना राष्ट्रिय टिमका खेलाडी रहेका छन् ।
यही टिमले असार २७ गते मंगलबार बंगलादेशविरुद्ध एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने मैत्रिपूर्ण फुटबलमा सहभागीता जनाउने छ । मैत्रिपूर्ण खेलको तयारी पुरा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।