arrow

फेब्रुअरीमा छुट्दै सञ्जय, पाए क्लिन चिट

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
sanjayjail6.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त आगामी महिना अर्थात फेब्रुअरीमा छुट्ने भएका छन् । स्रोतका अनुसार सञ्जय आगामी फेब्रुअरी २७ मा छुट्नेछन् । छुट्टीको विदा पछाडि दुई दिन ढिला जेल पुगेको मामलामा महाराष्ट्र सरकारले सञ्जयलाई क्लिन चिट दिएको छ । यसकारण पनि उनी फेब्रुअरीको अन्तिम साता जेलबाट छुट्नेछन् । 

भारतीय मिडियाका अनुसार सञ्जयको राम्रो व्यवहारका कारण पनि उनको छुट्ने मिति छोटिएको छ । छुट्टीको समय भन्दा पनि दुई दिन ढिला यरवदा जेल पुग्दा सञ्जयको रिहाईको मिति केही पर सर्ने अड्कलबाजी गरिएको थियो । जेल ढिला पुग्दा उलनाई थप सजाय हुन सक्ने अनुमान भईरहेको बेला गृह राज्यमन्त्री रञ्जीत पाटिलले सञ्जयको रिहाईको फाइलमा हस्ताक्षर गरिदिएकी छन् । महाराष्ट्र सरकारले सञ्जय ढिलो जेलमा आए पनि उनलाई त्यो मामलामा दोषी मानिएको छैन । 

सञ्जय मुम्बईमा १९९३ को बम ब्लाष्टमा गैरकानूनी रुपमा घरमा हतियार राखेको आरोपमा पाँच वर्षको जेल सजाय काटिरहेका छन् । उनले यसै घटनामा १८ महिनाको जेल सजाय पनि यसअघि नै काटिसकेका थिए । सुप्रिम कोर्टले सन् २०१३ को मार्चमा सञ्जयलाई दोषी ठह¥याएको थियो । उक्त ब्लाष्टमा २५७ को मत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ