arrow

काठमाडौंमै मैत्रीपूर्ण फुटबल : नेपाल र बङ्गलादेश आमुन्ने-सामुन्ने हुँदै

logo
प्रकाशित २०७४ असार २६ सोमबार
Football-sag.jpg.jpeg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएईमा जुलाई १५ तारिखदेखि हुने २३ वर्ष मुनीको एएफसी फुटबल छनोट चरणको तयारीमा रहेको नेपाली टोली र बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीबीच मङ्गलबार मैत्रीपूर्ण फुटबल हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फाको खेल मैदानमा हुने खेलमा नेपाल र बंगलादेश आमुन्ने–सामुन्ने हुन लागेका हुन् । मैत्रीपूर्ण खेलको तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ । २३ वर्ष मुनिको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली तयारी अवस्थामा राखेका छन् ।

 मुख्य प्रशिक्षक शाक्यले एसियन कप छनोट खेलका लागि यो मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताएका छन् । कप्तान विमल घर्ती मगर १६ वर्षमुनि र १९ वर्षमुनिको टोलीमा समावेश रहेकाले तयारी राम्रो रहेको शाक्यले बताए ।  

बङ्गलादेशका अष्ट्रेलियाली प्रशिक्षक आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिन र प्रतिस्पर्धात्मक हुने बताए । बंगलादेशका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै यो मैत्रीपूर्ण जिते आफुहरुको आत्मविश्वास बढ्ने सुनाए ।

नेपाली टोलीको गोलरक्षक एलन न्यौपाने, अशोक बराल र किशोर गिरी छन् । त्यस्तै, रक्षकमा उपकप्तान अनन्त तामाङ्ग, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ्ग, निरज बस्नेत, छिरिङ्ग गुरुङ्ग र लक्ष्मण छन् ।

मध्यपंक्तिमा हेमन गुरुङ्ग, हेमन्त थापा मगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ्ग, दोन थापा र विवेक बस्नेत रहेका छन् । अग्रपंक्तिमा विमल घर्तीसंगै अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ समावेश छन् ।



नयाँ