arrow

फिल्म फ्लप भएपछि रणवीर दीपिकाले दिए १५ करोड

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Ranabirdeepika.jpg.jpeg
मुम्बई । अभिनय र प्रस्तुतिलाई दर्शकले रुचाए पनि फिल्म ‘तमाशा’ले बक्स अफिसमा फ्लप व्यापार गरेपछि फिल्मका अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोणले फिल्मका निर्माता संयुक्त रुपमा १५ करोड रुपैंयाँ भारतीय रुपैंयाँ फिर्ता गरिदिएका छन् । यो रकममा रणवीरको १० र दीपिकाको ५ करोड छ । उनीहरुले उक्त रकम युटीवी र निर्माता साजिद नाडियाडवालालाई फिर्ता गरिदिएका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मका वितरकहरुले दीपिका र रणवीरको जोडीलाई हेरेर फिल्म किनेका थिए । तर फिल्मले राम्रो समिक्षा पाए पनि बक्स अफिसमा भने राम्रो समिक्षा अटाउन सकेन । आफुले अभिनय गरेको फिल्मको निर्माता नै घाटामा गए पछि रणवीर र दीपिकाले संयुक्त रुपमा १५ करोड रुपैंयाँ फिर्ता गरेका हुन् । 

यो रकम बढी घाटामा परेका वितरकलाई दिईनेछ । ६५ करोडको लागतमा निर्माण गरेको ‘तमाशा’ले भारतभर रिलिजबाट जम्मा ६० करोड मात्र आम्दानी गरेको थियो । यो भन्दा अघि अनुराग कश्यपले पनि फिल्म ‘बाम्बे वेल्वेट’ फ्लप भएपछि फिल्म निर्माण कम्पनी फक्स स्टार स्टुडियोलाई रकम फिर्ता गरिदिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ