arrow

को बन्ला फेस अफ द इयर ?

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
face-copy.jpg.jpeg
काठमाडौं । विभिन्न उमेर र वर्गका लागि सौन्दर्य र प्रतिभा प्रदर्शनको प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालिले आप्mनो कम्पनीको परिचय बनेको ‘नेपाल्स फेस अफ द इयर’ यस वर्ष पनि गर्ने भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि आगामी माघ २ गते पहिलो चरणको अडिसन गरिने रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए ।

झाका अनुसार यस वर्षको यो प्रतियोगितामा महिलाका साथै पुरुषले पनि स्पर्धा गर्न सक्नेछन् भने प्रतियोगिताका विजयीले अन्तर्राष्ट्रिय प्रतिायोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसबाहेका अन्तर्राष्ट्रिय मोडलिङ वर्कशपसँगै सेल्फ मेकअप, ग्रुमिङ, नेपालका शिर्ष कोरियोग्राफरबाट कोरियोग्राफीको प्रशिक्षण, जुम्बा क्लास, टेबल म्यानर क्लास, डान्स, व्यक्तित्व विकास, आर्टजस्ता विषयमा प्रशिक्षण र तालिम पाउनेछन् ।   

प्रतियोगिताको विजेताले म्युजिक भिडियोमा अभिनय र मोडलिङ शैक्षिक छात्रबृत्ती, आइएलटीएस÷टोफेल क्लासको अवसरसमेत पाउनेछन् ।  नयाँबानेश्वरस्थित होटल रानी महलमा हुने अडिसनमा सहभागी हुन चाहनेहरु कम्तीमा एसएलसी उतिर्ण हुनुपर्ने, पुरुषको हकमा ५ फिट ६ इञ्च र महिलाका हकमा ५ फिट उचाई हुनुपर्ने र १६ देखि २७ वर्षका युवायुवातीले भाग लिन सक्ने प्रावधान निर्धारण गरिएको छ। प्रतियोगितामा बिबाहित र अबिबाहित दुबैले स्पर्धा गर्न सक्ने प्रतियोगिताका कोरियोग्राफर अश्विनी झाले बताए । रविन इन्टरटेनमेन्टले यसअघि सुपर मोडल कन्टेष्ट, मिसेस नेपाल इन्टरनेशनल, मिस एसएलसी अफ द इयर, मिष्टर एसएलसी, मिस टीन अफ द इयर, कलेज डिभा अफ द इयर, नेपाल्स फेस अफ द इयरजस्ता विभिन्न प्रतियोगिताको आयोजना गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ