arrow

देउवाको भोजमा सुशीलको भीड

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
sher-deuba.jpg.jpeg
काठमाडौं । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आयोजना गरेको दिवाभोज कार्यक्रममा संस्थापन पक्षकै नेताहरुको भीड लागेको छ ।  आसन्न १३औं  महाधिवेशनमा सभापतिका लागि उमेद्वारी दिने तयारीमा रहेका बरिष्ठ नेता देउवाले आफ्ना सहयोगीका लागि आयोजना गरेको दिवाभोजमा संस्थापन पक्षकै पदाधिकारी सहित प्रभावशाली नेताहरु बढी देखिए ।  
 
राजधानीको शान्तिनगरस्थित आनन्द पार्टी भेन्यूमा भएको दिवा भोजमा संस्थापन पक्षकै  मानिने महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, केन्द्रीय सदस्यहरु नरहरि आचार्य, महेश आचार्य,  मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी लगायतका नेताहरु सहभागी थिए ।  यसअघि, संस्थापन पक्षमै रहेर अहिले देउवा पक्षमा गइसकेका र जान खुट्टा उचालिरहेका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, मानवहादुर विश्वकर्मा, चन्द्र भण्डारी लगायतकाको उपस्थीतिलाई स्वभाविक मानिएको छ । 
 
दिवाभोज सुरु हुनुअघि भोजमा आएकालाई स्वागत गर्दै बरिष्ठ नेता देउवाले आफुलाई सभापति बन्न सहयोग गर्न आग्रह गरे । देउवाले पार्टीलाई उत्साहका साथ समावेशी समानुपापतिक सिद्धान्तका आधारमा अगाडी बढाउने सुनाए । नेपालमा प्रजातन्त्रप्रति पूर्ण विश्वास राख्ने पार्टी नेपाली कांग्रेस नै रहेको र अन्य पार्टीप्रति  अझै पनि पूर्ण विश्वास नभएकाले प्रजातन्त्रलाई सुदृढ गराउने तर्फ आफुले पार्टीलाई एक ढिक्का बनाएर लैजाने देउवाको भनाई छ ।  
 
देउवाले भने,‘सवंविधानको कार्यान्वयन, विकास निर्माण लगायतका विषयमा मुलुकमा धेरै चुनौतीहरु रहेकाले त्यसको सामना गर्ने जीवन्त पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्नुपर्ने आवश्यकता छ ।’ पार्टी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता तथा कार्यकर्ता सुरक्षित लाइन खोजिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ