- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । आफूभन्दा १७ वर्ष कान्छी खेलाडीलाई हराउँदै ३७ वर्षीया अमेरिकन टेनिस खेलाडी भेनस विलियम्स विम्बल्डन ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छिन् ।
क्वाटरफाइनलमा लात्भियाकी एलिना ओस्टापेन्कोलाई ६–३ र ७–५ को सोझो सेटमा हराउँदै भेनस सेमिफाइनलमा पुगेकी हुन् ।
बहिनी सेरेना विलियम्स गर्भवती भएसंगै अब अमेरिकाको मान राख्ने पालो दिदी भेनसको जिम्मामा आएको छ । विम्बल्डनका नौ सेमिफाइनलमा अहिलेसम्म भेनसले एउटामात्र हारेकी छिन् ।
तसर्थ अबको प्रतिस्पर्धीलाई पनि उनले चुनौती दिएकी छिन् । भेनसको अबको भिडन्त ब्रिटिश खेलाडी योहाना कोन्टासंग खेल्नेछिन् ।
रोमानियाकी सिमोना हालेपलाई ६–७, ७–६ र ६–४ को सेटमा हराउँदै कोन्टा सेमिफाइनलमा पुगेकी हुन् । ४० वर्षको इतिहासमा विम्बल्डनको सेमिफाइनलमा पुग्ने पहिलो ब्रिटिश खेलाडी बनेकी छैटौं वरियताकी कोन्टालाई भेनस नै तगारो बन्न सक्नेछिन् ।
महिला एकलतर्फको दोस्रो सेमिफाइनलमा स्पेनिस खेलाडी गर्बाइन मुगुरुजा र स्लोभाकियन खेलाडी मग्दालेन रिबारीकोभासंग खेल्नेछिन् । मुगुरुजाले स्वेतलाना कुज्नेत्सोभालाई ६–४ र ६–३ ले हराइन् ।