arrow

पाँचथर पूर्ण खोपयुक्त जिल्ला

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार २८ बुधबार
panchthar-district.png

पाँचथर । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना पुरा भएका सबै बालबालिकालाई खोपको मात्रा पुरा गरेको भन्दै मंगलबार जिल्ला स्थित १ नगर र ७ गाउँपालिकामा रहेका ४ हजार ४ सय ६ जना बाल बालिकालाई ४ सय १३ खोप केन्द्रहरु मार्फत जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने सबै खोपको मात्रा पुरा गरेको भन्दै पूर्णखोप युक्त घोषणा गरिएको जिल्ला स्वास्थय कार्यालय पाँचथरले जनाएको छ ।

यो घोषणा सँगै पाँचथरले पूर्ण खोप युक्त भएका जिल्लाहरुको सूचीमा २८ औं स्थान ओगट्न सफल भएको छ ।कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री तथा सभाषद श्रीप्रसाद जबेगूले जिल्लालाई पूर्णखोप युक्त घोषणा गर्दै स्वास्थ मन्त्रालयले जारी गरेको प्रमाण पत्र हस्तान्तरण गरे। पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय पाँचथरले अभियान सफल पार्न सहयोग गर्ने संस्थालाई सम्मान पनि गरेको थियो ।

पाँचथरमा पूर्णखोप युक्त अभियान २०७१ सालदेखि शुरु भएको हो । सबैभन्दा पहिले जिल्लाको थर्पु र सबैभन्दा पछाडी लुङरुपालाई पूर्णखोप युक्त गाविस घोषणा गरिएको थियो ।जिल्ला खोप समन्वय समिति पाँचथरका अध्यक्ष तथा स्थानीय विकास अधिकारी गिरिराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख जिल्ला अधिकारी बिनोदकुमार खड्का,नेपाली कांग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, काग्रेस फिदिम नगरका मेयर पदका उम्मेद्धवार ओनाहाङ नेम्बाङ,एमाले अध्यक्ष राजकुमार भण्डारी, गैर सरकारी सस्था महासंघ पाँचथर जिल्ला अध्यक्ष बालकृष्ण ओझा लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ