arrow

चर्चित कमेडियन जोनी लीवरका छोरा 'जेसे लीवर' बलिउडमा डेब्यू गर्दै

logo
प्रकाशित २०७४ असार २८ बुधबार
johny-son.jpg

एजेन्सी । बलिउडमा सैफ अली खानको छोरी सारा अली खान, श्रीदेवीकी छोरी जाह्नवी र शाहिद कपूरका भाई ईशान डेब्यू गर्ने बिषयलाई लिएर चर्चा सुरु भएको छ । यस सँगै एक नयाँ अनुहार पनि थपिएको छ । उनि चर्चित हास्य कलाकार जोनी लीवरका छोरा जेसे लीवर रहेका छन् । उनि पनि बलिउड डेब्यूको तयारीमा रहेका छन् ।

२७ बर्षका म्यूजिशियन जेसेलाई चलचित्रको अफर आएपनि उनि शसक्त भुमिकाको प्रतिक्षामा रहेका छन् । उनको भनाइ अनुसार जब सम्म कुनै शानदार भुमिका मिल्ने छैन उनि चलचित्रबाट टाढै रहनेछन् । जेसे अभिनयमा राम्रो देखिन्छन् वा म्यूजिशियन यो तय हुन बाकी नै छ ।

जेसे बाल्यकालमा गम्भिर बीमारी भएका थिए ।उनि १२ बर्षको हुदा गलाको ट्यूमर भएको थियो ।त्यहि ट्यूमर बढेर क्यान्सरको रुप लिएको थियो । बर्षौ सम्म विदेशमा गरिएको उपचारले उनि अन्त्यमा ठिक भए ।

उपचार सफल भएपछि उनले १२ कक्षा सम्मको अध्ययन  पुरा गरेर बिचैमा पढाइ छोडे । पछि बहिनि जैमीको करियर र बुवा जोनीले समझाएपछि उनले पढाइ पुन: सुरु गरे । उनले लण्डनबाट ह्यूमन रिसोर्सेसमा मास्टर डिग्री गरेका छन् । उनि एक  एक्टर हुनाको साथै म्यूजिशियन पनि हुन् । उनि ड्रम बजाउन सिपालु रहेका छन् । उनको आफ्नै म्यूजिक ग्रुप पनि रहेको छ ।

जेसेको 6 पेक ऐब्सको कारण चलचित्र उद्योग र सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ ।जेसेले हालै सामाजिक सञ्जालमा ऐब्स फ्लान्ट गर्दै केहि तस्विर सेयर गरेका छन् ।6 पेक ऐब्स बनाउन उनले लामो समयको मेहनत गर्नु परेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ